Second Menu

शनिवार लेडिज ट्यालेन्ट

बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभ्रेका युवतीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको काभ्रे लेडिज ट्यालेन्ट शो– २०७२ को सातौं संस्करणको तयारी काभ्रेस्थित बनेपा आई.टी.सी. स्किल डेभलपमेन्ट ट्रेनिङ  सेन्टरमा भैरहेको छ ।

काभ्रे जिल्लाका धुलिखेल, नाला बनेपा, पाँचखाल, पनौती साँगा भकुन्डे, शंखु आदि ठाउँबाट प्रतिस्पर्धीहरूले आवेदन फारम भरी उत्कृष्ट ११ जना फाइनलका लागि छनौट भएका छन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यो प्रतियोगिता यो प्रतिस्पर्धाको फाइनल पुस २५ गते शनिबार अरनिको सभा भवन, बनेपामा सम्पन्न हँुदैछ ।

No comments:

Post a Comment