विविध जानकारीहरू समेटिएको साप्ताहिकको नयाँ अंक पढें । एकदम राम्रो लाग्यो ।
अनुप बज्राचार्य
कस्ता अचम्मका व्यक्ति रै’छन् । (पहिलो विश्व : ३४ वर्षदेखि एउटै झोला) कसरी एउटै झोला ३४ वर्ष सम्म टिक्यो ? अचम्म छ ।
रमेश अधिकारी
नम्रता सापकोटालाई मात्र होइन, गलत कामका लागि नाम जोडिएको त कसैलाई पनि मन पर्दैन । (अन्तरकुन्तर कुराकानी, नाम जोडेको मन पर्दैन–नम्रता सापकोटा) करियरमा त्यसको असर पर्छ ।
विक्रम शर्मा
यी ब्रान्डहरू त सदाबहारजस्तै छन् । टप टेन ब्रान्ड सधैं उपभोक्ताहरूको रोजाइमा परिरहने । जसले उपभोक्ताको माग एवं रुचिलाई सम्बोधन गर्न सक्छ ऊ सधै पहिलो रोजाइमा पर्छ ।
प्राश्ना दवाडी
अचेल सर्ट फिल्मको पनि जमाना छ । (अमनको सर्ट फिल्म) राम्रो विषयवस्तु पाउन सकियो भने यसले बजार लिन सक्छ ।
विजया थापा
निक कानन र मारिया केरीको जोडीका बारेमा पढेर रमाइलो माने । (हलिउडमा घटेका चर्चित स्क्यान्डल) कस्तो अचम्मको जोडी रहेछ । कहिले पारपाचुके गर्ने, कहिले मिल्ने ।
प्रतिमा गुरुङ
बिन्दु नेपालीको पक्षमा क्षतिपूर्तिको निर्णय भएकोमा खुसी लाग्यो । (७२ करोडकी नेपाली) उनले जसरी पनि न्याय पाउनुपर्ने थियो ।
पूनम भेटवाल
प्रतिस्पर्धा बढ्नु राम्रो हो । (बिग आइकनमा प्रतिस्पर्धा बढ्दै) प्रतिस्पर्धाले नै काम राम्रो हुन्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
प्रवास थापा
पोखरामा नाकाबन्दीले कुनै असर गरेनछ । (यू इयरमा रंगीन पोखरा) सबै सहरमा यसरी नै पर्यटकहरू आउने हो भने त अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रै सन्देश जाने थियो ।
आईपी भण्डारी
हरेक व्यक्तिका आ–आफ्नै चाहना, सपना र रहर होलान् । (तथ्य र अनुभूति, केका लागि बाँच्ने ?) के–का लागि बाँच्ने भन्ने कुरा व्यक्तिमा भर पर्छ ।
No comments:
Post a Comment