Second Menu

छुल्ठिम अब गायिका

अघिल्लो वर्षको सफल चलचित्र ‘नोभेम्बर रेन’ बाट नायिकाको रुपमा दर्शकमाझ आएकी नायिका छुल्ठिम गुरुङ यतिबेला गायिकाको रुपमा स्रोतामाझ आएकी छिन् ।

रेडियो जक्कीको रुपमा समेत स्थापित भैसकेकी छुल्ठिमले ‘खसेको तारा...’ शीर्षकको गीत यूट्युवमार्फत सार्वजनिक गरेकी हुन् । आफ्नो स्वरको यो गीतमा छुल्ठिम आफैंले अभिनय गरेकी छिन् । भिडियोमा उनलाई अमिन संग्रौलाले साथ दिएका छन् । यो गीतमा गायक तथा संगीतकार सञ्जय चौधरीको शब्द तथा संगीत निर्देशन छ । भिडियोलाई सुदिप श्रेष्ठले निर्देशन गरेका हुन् भने प्रविण श्रेष्ठ यसका सम्पादक हुन् । भिडियोको सम्पूर्ण छायांकन दुबईमा गरिएको हो ।

No comments:

Post a Comment