काठमाडौं । सन् २०१६ मा जसरी पनि विवाह गर्ने योजनामा रहेकी सुनिता दुलालले नयाँ वर्षको सुरुवातमै झुम्के फूली र बुलाकी लाएकी छिन् ।
के यो विवाहकै पूर्वतयारी हो त ?
अनलाइनखबरले गरेको प्रश्नको हाँसेर जपाफ दिईन् उनले, ‘म पनि त्यहि कुरामा आशावादी छु । सायद यो वर्ष हुन्छ होला ।’ आफ्नै एक फ्यानसँग प्रेममा रहेकी उनले दुलाहा खोज्ने चटारो भने छैन ।
सुनिता बिहिवारै बि्रटिश गोर्खा नेप्लिज काउन्सिलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बेलायत उडिन् । बेलायत बस्ने नेपाली दर्शकले उनको गीतसंगीतको चर्चा गरिहेको बेला नेपालमा भने उनको नयाँ भिडियोको चर्चा चुलिएको छ ।
गायक धु्रवराज खड्का र सुनीताकै दाई धमेश दुलालको स्वर रहेको गीत ‘झम्के फूली नाकैमा बुलाकी’ अहिले नयाँ स्वरुपमा बजारमा आएको छ । नयाँ गीतमा धमेश र खड्कासंगै सुनिताले पनि स्वर दिएकी छिन् ।
प्रायः आफ्नो गीतमा आफैं मोडलिङ गर्दै आएकी सुनिताले यसमा पनि मोडलिङ गरेकी छिन् । उनलाई अभिनयमा साथ दिएका छन् नायक दीलिप रायमाझीले । कमलादेवी डिजिटलले बजारमा ल्याएको उक्त भीडियो प्रस्तुतकर्ता सुनिता नै हुन् ।
दीलिप रायमाझीसंग धेरै पछि स्क्रिन सेयर गरेकी हुन् उनले । प्राय सबै चलेका नायकहरुसँग अभिनय गरेकी सुनिताले दीलिपको नृत्यवाट प्रभावित भएको बताइन् । यतिबेला दीलिप भने अमेरिकामा डान्स एकेडेमी खोलेर बसेका छन् ।



0 comments:
Post a Comment