माग्दैमा के जान्छ र ?


केही साताअघि काठमाडौंमा आयोजित चलचित्र सम्बन्धी एउटा मात्र कार्यक्रममा अभिनेता निखिल उप्रेतीले एउटा चलचित्रको पारिश्रमिक २० लाख भए मात्र वर्षको एउटा चलचित्रमा अभिनय गरेर बाँच्न सकिन्छ भन्ने धारणा व्यक्त गरे ।

निखिलको उक्त भनाइलाई चलचित्रका निर्माताहरूले कसरी लिए भन्न सकिँदैन, किनभने कुनै पनि निर्माताले उनको भनाइमा न त टिप्पणी गरे, न त उनलाई त्यति धेरै पारिश्रमिक दिन तयार भए । अहिले अर्का अभिनेता दयाहाङ राईले पनि ‘एउटा चलचित्रको पारिश्रमिक १५ लाख रुपैयाँ भयो भने वर्षमा दुईवटा मात्र चलचित्रमा अभिनय गर्छु’ भन्ने कुरा अभिव्यक्त गरेका छन् ।

वर्षमा करिब १ सयवटा चलचित्र प्रदर्शन हुने यो क्षेत्रमा मुस्किलले एक दर्जन चलचित्रले मात्र लगानी सुरक्षित गर्न सकेका छन् । यस्तो बेला एउटै चलचित्रबाट १५–२० लाख रुपैयाँ पारिश्रमिक आशा गर्ने अभिनेताहरूको मागप्रति ‘माग्दैमा के जान्छ र’ भन्ने टिप्पणी गर्नेहरू पनि उत्तिकै छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects