काठमाडौं । माघको तेस्रो साता नेपाली नायिकाहरुले सेलीब्रेटीले एउटै र्याम्पमा क्याटवाक गर्ने भएका छन् । सेलीब्रेटीलाई एउटै र्याम्पमा जम्मा हुने मेसो मिलाएको छ कायरा बुटिकले ।
कायरा बुटिककी सञ्चालक रोजिना श्रेष्ठको अनुसार बिजनेश प्रोमोसनका लागि आउँदो २३ माघमा सिटी सेन्टरको ग्राउण्ड फ्ल्लोरमा भब्य फेसन शो हुने भएको छ ।
उक्त कार्यक्रममा नायिका नीता ढुंगाना, आशिष्मा नकर्मी, रिमा विश्वकर्मा, बेनिषा हमाल, अनु शाह, वर्षा राउत, वर्षा शिवाकोटी लगायतका नायिका सहभागी हुने भएका छन् । कार्यक्रममा ट्रेडिस्नल र वेष्टर्न दुबै शैलिका डे्रसहरु शो गरिने रोजिनाले बताइन् ।
धिरज तण्डुकारको कोरियोग्राफीमा सम्पन्न हुने फेशन सोको आयोजक संस्था कायरा बुटिक रहेको छ । कायराले यस अघि पनि धेरै फेशन सो गरिसकेको छ भने प्राय सबै कलाकार आफ्नो सोमा सहभागी भएको रोजिनाले बताइन् ।
No comments:
Post a Comment