- बजारमा पाइने सागसब्जीमा विषादी प्रयोग गरिएको हुन सक्छ । त्यस्ता सागसब्जी राम्रोसँग धोइ–पखाली विषादीरहित वनाएर मात्र सेवन गर्नुपर्छ ।
- सागसब्जी धुन सफा पानी चाहिन्छ । एउटा भाँडामा सागसब्जी/फलफूल आदि राखेर त्यसमा एक कप ह्वाइट भेनिगर हाली धुनुपर्छ ।
- पाँच गिलास पानीमा चार चम्चा वेकिङ सोडा मिसाएर त्यसमा १५ मिनेट डुबाउँदा पनि सागसब्जी तथा फलफूल राम्रोसँग सफा हुन्छ ।
- बेसारमा एन्टिब्याक्टोरियल गुण हुन्छ, जसले कीटाणु नाश गर्छ । एक भाँडा पानीमा पाँच चम्चा जति वेसार हालेर सब्जी तथा फलफूल राखेर सफा गर्न सकिन्छ ।
- सब्जी तथा फलफूलको बोक्रा तासेर खाँदा पनि त्यसमा रहेको कीटनाशक औषधीबाट जोगिन सकिन्छ ।



0 comments:
Post a Comment