भन्छिन्ः 'प्रेम गरेर गल्ती गरे, अबको केटासँग बिहे नै होस्'
हिजोआज सुष्मा कार्की फेरिएकी छिन् । उनको पहिरनदेखि बोलीचालीमा धेरै परिवर्तन आएको छ । अनलाइनखबरसँगको एक भेटमा निकै खुलेर कुरा गरेकी सुष्माले जीवनमा आएको उतारचढावदेखि प्रेमका कुरा गरिन् ।
दुलही जस्तो पहिरनमा देखिएकी सुष्मालाई हामीले सोध्यौ, आखिर कहिले बन्ने त दुलही ? उनले हाँस्दै भनिन्-‘अहिले नै दुलही बन्ने सोच आएको छैन ।’ आइटम गलबाट पर हट्दै गरेकी सुष्मालाई लाग्छ, उनी अहिले राम्रा ब्यानरका चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्र ‘चलेस बतास सुस्तरी’मा सबैले राम्री देखिएकी भनेपछि उनी दंग छिन् ।
५ महिना यता तपाइको जीवनमा आएको परिवर्तन के हो भन्ने प्रश्नमा उनले भनिन्-‘ यो तपाइहरुले नै देखिरहनु भएको छ नी । मैले राम्रो बजेटका चलचित्र गरिरहेकी छु । सबैको माया पाएकी छु । देश बाहिर पनि कार्यक्रमका लागि अफर आइरहेको छ ।’
सुष्मा आफूले पहिरनमा परिवर्तन नगरेको बताउँछिन् । उनले आफूलाई कहिले छोटो त कहिले लामो पहिरनमा देख्न सकिने बताइन् । जस्तो पहिरनमा आफूलाई सहज हुन्छ, त्यस्तै पहिरन लगाउने सुष्माको कथन छ ।
उनले प्रेमलाई रोक्न नमिल्ने तर्क गरिन् । प्रेममा अलग भएपछि तपाइको जीवनमा के परिवर्तन भयो भन्ने प्रश्नमा उनले भनिन्-‘मेरो जीवनमा २ जना यूवक आएका थिए । अहिले म सिंगल छु र करिअरलाई नै अगाडि बढाइरहेकी छु ।’
No comments:
Post a Comment