Second Menu

सीईएसका आकर्षण

अमेरिकाको लस भेगासमा जनवरी ६ देखि ९ सम्म कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) सम्पन्न भयो । सन् १९६७ देखि नै सीईएसको आयोजना हुँदै आएको छ । वर्षको प्रारम्भमै हुने यो विश्वकै ठूलो टेक्नोलोजी इभेन्ट हो । त्यसमा इलेक्ट्रोनिक्स तथा कन्जुमर टेकका ठूला–ठूला कम्पनीले भाग लिन्छन् र अत्याधुनिक प्रविधि प्रदर्शन गरिन्छन् । यो वर्ष पनि प्रविधिको क्षेत्रमा धेरै नयाँ उत्पादन प्रदर्शन गरिए ।

कन्जुमर इलेक्ट्रोनिक्स शो–२०१६ मा विभिन्न अटोमोबाइल कम्पनीहरू सक्रियतापूर्वक सहभागी थिए । भविष्यका कार तथा बाइकमा कस्ता प्रविधि उपयोग हुनेछन् भन्ने कुराको छनक त्यहाँ देख्न पाइन्थ्यो । आउडी, बिएमडब्लु, फोर्ड, जनरल मोटर्स, एस्टन मार्टिन जस्ता कम्पनीले आफ्ना इनोभेटिभ टेक्नोलोजीलाई सबैका सामु प्रस्तुत गरे र भविष्यको अटोमोबाइल ट्रेन्डको झलक देखाए ।

कनेक्टेड कार
सबैभन्दा बढी फोकस कनेक्टिभिटीमा देखियो । भविष्यमा कारको इन्फोटेनमेन्ट सिस्टम सबैभन्दा महत्वपूर्ण हिस्सा बनेर आउनेछ । आफ्नो स्मार्टफोनलाई कारको इन्फोटेनमेन्ट सिस्टमसँग कनेक्ट गरेपछि ड्राइभिङ सुरक्षित हुनुका साथै सहज समेत हुनेछ ।

सुपर लक्जरी कार बनाउने कम्पनी एस्टन मार्टिनले चीनको एलइटेलिभिजनसँग कारलाई फ्युचर रेडी बनाउन एक सम्झौतामा हस्ताक्षर गरेको छ । यसको सहयोगले इन्टरनेट अफ भेइकल (आईओभी) सिस्टम विकास गरिनेछ । एस्टन मार्टिन र्‍यापिड एसमा सेन्ट्रल कन्सोलको सट्टा १३ दशमलव ३ इन्चको एचडी स्क्रिन हुनेछ र इन्स्ट्रयुमेन्ट प्यानलको स्थानमा १२ दशमलव २ इन्चको टीएफटी हुनेछ, जसले कारको इन्टेरियरको मुहारमै परिवर्तन ल्याउने छ । शोमा डेन्सो ड्यासबोर्ड प्रदर्शन गरिएको थियो, जसले भविष्यको ड्यासबोर्डको तस्बिर देखाउँछ । फोर्डले सन् २०१७ मा सिन्क ३ ल्याउने बताएको छ, जसले कनेक्टेड कारको अवधारणालाई थप मजबुत बनाउनेछ ।

विद्युतीय कारको रेन्ज बढ्ने
विद्युतीय कारको रेन्ज बढाउने प्रयास पनि भैरहेको छ । हाल मास सेगमेन्टका विद्युतीय कार एक पटक चार्ज गरेपछि करिब १ सय किलोमिटर गुड्छन् । जनरल मोटर्सले आफ्नो विद्युतीय कार सेभ्रोले भोल्टलाई प्रदर्शनमा राखेको थियो । यसको उत्पादन यही वर्ष नै प्रारम्भ हुनेछ । कम्पनीले यो कार एकपटक फुल चार्ज गरेपछि करिब २ सय किलोमिटर गुड्ने दावी गरेको छ । यदि यो सम्भव भयो भने हाल प्रचलित विद्युतीय कार टेस्ला मोडल एस भन्दा यो निकै सस्तो पनि हुनेछ । टेस्ला हाइटेक कार मानिन्छ र यसको रेन्ज पनि धेरै छ । यद्यपि यो धेरै महँगो भएकाले सबैको पहुँचमा पुग्न सकेको छैन ।

ड्राइभरलेस कारमा काम
ड्राइभरलेस कार निर्माणमा धेरै कम्पनी लागिपरेका छन् । बजारमा उपलब्ध हुन लामो समय लागे पनि यो क्षेत्रमा पनि धेरै काम भैरहेको छ । आउडीले आफ्नो ई–ट्रान क्वात्रोम पाइलेटेड ड्राइभिङ फङसन उपलब्ध गराएको बताएको छ, जसलाई ट्राफिक जाम तथा पार्किङमा प्रयोग गर्न सकिन्छ । निभिदियाले ड्राइभ पिएक्स २ नामक सुपर कम्प्युटर डिजाइन गरेको छ । यसमा १ सय ५० म्याकुबक प्रोको क्षमता छ भने यसले ड्राइभरलेस कारको परिचालनमा सहयोग पुर्‍याउनेछ ।

बिएमडब्लूको हेलमेट
बिएमडब्लूले प्रदर्शनमा राखेको हेलमेटबाट मोटरसाइक्लिङलाई थप सुरक्षित एवं सुविधाजनक बनाउन सकिन्छ । टाउकोमा राखेपछि यही हेलमेटको भाइजरमै स्पिड लिमिट, रोड साइन, ट्राफिक अवस्था, टायर प्रेसर, आयल र फ्युल लेभल, गियर र स्पिडको अवस्था आदि थाहा पाइन्छ । राइडरले आवश्यकताअनुसार यी सबै जानकारी भाइजरमा हेर्न सक्छ । हेलमेटमा दुईटा क्यामेरा पनि हुन्छ, जसको सहयोगले राइडरले आफूभन्दा अघि वा पछिको अवस्था हेर्न वा रेकर्ड गर्न सक्छन् ।

वेरेबल टेक्नोलोजीको सुपर शो
सीईएस २०१६ मा शरीरमा प्रयोग गर्न मिल्ने वेरेबल टेक्नोलोजीले पनि धेरैको ध्यान खिचेको छ । एचटिसीले अडर आर्मर (युए) नामको फिटनेस कम्पनीसँग मिलेर फिटनेस ट्रयाकरका साथ वजन कम गराउने मेसिन उपलब्ध गराएको घोषणा गर्‍यो । यसमा शरीरको अनुपात अनुसारको वजनका साथै शरीरमा भएको बोसोको प्रतिशत पनि निकाल्न सकिन्छ । युएले नै हार्ट रेट मोनिटरका लागि खास स्ट्रयाप पनि उपलब्ध गराएको छ, जसले मुटुको चाल नाप्न सक्छ । यी सबैलाई गुगल प्ले तथा एप स्टोरमा उपलब्ध एपको सहयोगले मोबाइल फोनसँग कनेक्ट गर्न सकिन्छ र रियल टाइम डाटा प्राप्त हुन्छ ।
फिटनेस ट्रयाकर मेकर कम्पनी फिटबिटले फिटबिट ब्लेज नामक स्मार्टवाच ल्याएको छ जसमा ५ दिनसम्म चल्ने ब्याट्री छ भने यो एप्पलको वाच भन्दा निकै सस्तो छ ।

क्यानेडियन कम्पनी ओएमसिग्नलले निर्माण गरेको ओएमब्राले शारीरिक अभ्यास गर्दा महिलाहरूको स्तनलाई सुरक्षित राख्छ ।

एचटिसीले भाइव प्री नामक भर्चुअल रियालिटी सिस्टम ल्याएको छ, जसको बाहिरी भागमा क्यामेरा राखिएको छ । यसको प्रयोग गर

No comments:

Post a Comment