राजेशसँग काम गर्नु शिवका लागि गर्व, दुई नायकको बोन्डिङ देखिदै

नेपाली चलचित्रमा लामो समयदेखि चर्चित छन्, नायक राजेश हमाल र शिव श्रेष्ठ । उनै दुई नायकले एकसाथ काम गरेको चलचित्र ‘बागमती’ पौष २४ गतेबाट हलमा लाग्दैछ । दुई नायकले मंगलबार एकसाथ मिलेर चलचित्र हेरे ।

नायक राजेश हमाल चलचित्र ‘शकुन्तला’को छायांकन छाडेरै हलमा पुगेका थिए । दुबैले चलचित्रको कथावस्तु र साउथ इण्डियाको प्रविधीको तारिफ गरेका थिए ।

चलचित्र हेरेपछि नायक हमालले राष्ट्रिय महत्वको बिषय बोकेको ‘बागमती’ नदी सरसफाइसँग समेत जोडिएकाले यो चलचित्र ऐतिहासिक बनेको बताए । चलचित्रको प्रचारमा खासै नदेखिने हमाल यो चलचित्रका लागि भने लागिपरेका छन् ।

नायक शिव श्रेष्ठले महानायकको उपाधी पाइसकेका राजेश हमालसँग काम गर्न पाउनु आफ्ना लागि गर्वको बिषय रहेको बताए । उनले सस्पेन्स, थ्रिलर, इमोशनल चलचित्र हेरेर आफ्नो कमब्याकको मुल्यांकन गरिदिन दर्शकलाई आग्रह गरे । श्रेष्ठले भने-‘सन्नी केरला जस्ता निर्देशक नेपालमा १० बर्ष अगाडि  आएको भए, नेपाली चलचित्र उद्योगकै कायापलट हुन्थ्यो ।’

दिनेश दर्शनधारी र विजय सत्यालले निर्माण गरेको यो चलचित्रमा दुई चर्चित नायकको अलवा रविकर घिमिरे, श्रेया कार्की, कञ्चन ठकुरी, केकी अधिकारी मुख्य भूमिकामा छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects