पदार्पणको दिन भ्यालेन्टाइन्स डे
चलचित्र क्षेत्रमा २०७२ सालको माघ २९ गतेले विशेष महत्व राख्दै छ । भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्याको यो दिन तीन भिन्न चलचित्र प्रदर्शन हुने भएपछि दर्शकको ध्यानसमेत यही दिनतर्फ आकर्षित भएको छ ।
रमाइलो कुरा के छ भने उक्त दिन प्रदर्शनमा आउन लागेका तीनवटै चलचित्रका कलाकारले उक्त दिन प्रदर्शनमा आउने आफ्ना चलचित्र पहिलो भएको प्रतिक्रिया दिएका छन् । चलचित्र ‘प्रेम गीत’ का अभिनेता प्रदीप खड्का तथा अभिनेत्री पूजा शर्माले यसअघि केही चलचित्र अभिनय गरिसकेका छन् तर उनीहरू दुवैले यही चलचित्रबाट पदार्पण गर्न लागेको दाबी गरेका छन् । प्रदीपले यसअघि ‘स्केप’ तथा ‘ठूलो मान्छे’ मा अभिनय गरिसकेका छन् भने पूजाले ‘चंखे पंखे शंखे’ सहित आधादर्जन चलचित्रमा अभिनय गरेकी छिन् ।
सोही दिन प्रदर्शन हुने ‘चलेछ बतास सुस्तरी’ की नायिका सुष्मा कार्कीले पनि यही चलचित्रलाई आफ्नो पहिलो चलचित्र भएको बताएकी छिन्, जबकी सुष्मा एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । ‘क्लासिक’ पनि त्यही शुक्रबार प्रदर्शन हुँदैछ, जसका मुख्य अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठले चाहिँ पहिलो पटक आँखा नदेख्ने पात्रको भूमिका निर्वाह गरेका छन् ।
No comments:
Post a Comment