पूर्व मिस नेपाल मलिना जोशी नेपाली चलचित्रकी नायिका हुन् । मोडल अनुप विक्रम शाही चलचित्रका अभिनेता हुन् । केही समयअघिसम्म यी दुई जनालाई प्रेमि–प्रेमिकाका रूपमा पनि हेरिन्थ्यो ।
उनीहरूले आफूलाई असल साथीमात्र बताए पनि उनीहरूले एक–अर्कालाई मन पराउने समाचारहरू सार्वजनिक भएका थिए । चलचित्र ‘ठमेल डटकम’ को प्रदर्शनताका अनुप र मनिलाको ब्रेकअप भएको समाचार सार्वजनिक भयो ।
मलिना अमेरिकाबाट समयमै नफर्किएपछि अनुपले चित्त दुखाएका थिए तर, मलिना फर्किएपछि पनि उनीहरूलाई सँगै देख्न छाडिएको छ । केही पार्टीमा अनुपसँग अभिनेत्री माला लिम्बूलाई देख्न थालिएपछि चलचित्रकर्मीहरूले अनुप र मलिनाको सम्बन्ध बिग्रिएकै हो कि भन्ने अनुमान गर्न थालेका छन् ।
No comments:
Post a Comment