घडी र सनग्लासको संकलन छ
नीता ढुंगाना, नायिका
नेपाली चलचित्रकी लोकप्रिय नायिका नीता ढुंगाना सुन्दर लुक्सकी धनी मानिन्छिन् । नीताका अनुसार पहिरनले व्यक्तित्वलाई आकर्षक बनाउन ठूलो भूमिका खेल्छ । कुन प्रयोजनका लागि घरबाट बाहिर निस्कँदैछु भन्ने कुरालाई ध्यानमा राखेर पहिरन छनौट गर्ने नीता बुटिकमा डिजाइन गरिएका पहिरनलाई प्राथमिकता दिन्छिन् । लेहेंगा र साडीमा आफू एलिगेन्ट र सुन्दर देखिने दाबी गर्ने नीता प्राय: क्याजुअल पहिरनमा रमाउँछिन् । ब्रान्डप्रति खासै कन्सियस नभएकी नीता आफूलाई मन पर्ने र आरामदायक पहिरनलाई प्राथमिकता दिन्छिन् ।
नीता सुटिङबाहेक अन्य अवसरमा गाढा मेकअप गर्न रुचाउँदिनन् । तैपनि उनी प्यानस्टिक, गाजल, पाउडर तथा क्रिम नियमित रूपमा आफ्नो साथमा राख्छिन् । अधिकांश समय बिनामेकअप हिँड्न रुचाउने नीता खासै कस्मेटिक खरिद गर्दिनन् ।
औंलामा सुन र चाँदीका दुईवटा औंठी नियमित लगाउने नीता राडो ब्रान्डको घडी लगाउँछिन् । घाममा निस्कँदा सनग्लास नछुटाउने नीतासँग घडी र सनग्लासको ठूलो संकलन छ । राम्री देखिन, गर्मीमा आँखालाई घामबाट जोगाउन, जाडोमा धूलो र धूवाँबाट जोगिन सनग्लास लगाउने नीताको तर्क छ । जाराका जुत्ता संकलन गरेकी नीतासँग ४० जोर जुत्ता छन् । माइक्रोम्याक्सको मोबाइल र एप्पलको ल्यापटप नीताका रुचिका ग्याजेट हुन् । अरूलाई देखाउन भन्दा आफ्नो अवस्था अनुकूल फेसन ट्रेन्ड पछ्याउन सके मानिसको व्यक्तित्व आफैं खुल्छ भन्ने मान्यता राख्ने नीताका अनुसार फेसनले मूल्यभन्दा पनि मानिसको रुचिलाई पछ्याउँछ ।



0 comments:
Post a Comment