उर्मिला भइन् मिस तामाङ

नवौं संस्करणको मिस तामाङ प्रतियोगिता राजधानीको टुँडिखेलमा सम्पन्न भएको छ । तामाङ समुदायको मौलिकता, कला–संस्कृति, भाषा, वेशभूषाको सेरोफेरोमा रहेर सञ्चालन भएको यो प्रतियोगितामा सहभागी भएका आफ्ना ३० जना प्रतिस्पर्धीमध्ये आफूलाई अब्बल सावित गर्दै उर्मिला लामा योञ्जनले यस पटकको मिस तामाङ प्रतियोगिताको उपाधि जितेकी छिन् ।

२८५२ औं सोनाम ल्होसार पर्वका अवसरमा आयोजित यो प्रतियोगितामा सम्झना ठोक्कर फस्ट रनर्सअप तथा शिक्षा योञ्जन सेकेन्ड रनर्सअप घोषित भए भने कविता लामा लोप्चन फोर्थ रनर्सअप घोषित भइन् । आयोजकहरूका अनुसार अनुशासनको कारबाहीअनुरूप थर्ड रनर्सअप विधा भने नीलम्बित गरिएको थियो ।

नेपाल तामाङ कला संस्कृति केन्द्रको आयोजनामा सम्पन्न यो प्रतियोगितालाई तामाङ समुदायका लोकप्रिय गायकहरूले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए । रोजिन शाक्यको कोरियोग्राफीमा सञ्चालित उक्त प्रतियोगिताको अन्य उपाधितर्फ तारा लामा ठोक्कर फ्रेन्डसिप, अस्मिता तामाङ ब्युटीफु हेयर, विपिशा तामाङ ब्युटिफुल स्माइल, अजिता तामाङ दोङ वेस्ट वाक, शान्ति तामाङ बमजन फोटोजेनिक एवार्डमा विजेता भए । यसैगरी एलिजा पाख्रिन डिसिप्लिन, विनिता तामाङ वाइबा वेस्ट स्किन, केसाङ पाख्रिन पपुलर, अमिता दोङ फेसबुक च्वाइस तथा लक्ष्मी तामाङ स्याङ्तान ट्यालेन्ट एवार्डका विजेता छानिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects