Second Menu

बिनामेकअप बाहिर निस्किन्न

दिपाश्री निरौला, नायिका

हास्यअभिनेत्री दीपाश्री निरौला फेसनलाई बुझेकी नेपाली कलाकारहरूमध्ये एक मानिन्छिन् । ब्रान्डेड पहिरनमा मात्र सौन्दर्य झल्किने कुरा अस्वीकार गर्ने दीपा घरबाहिर निस्कँदा चिटिक्क परेको श्रृंगार तथा पहिरनमा नै भेटिन्छिन् । उनी पहिरन, एसेसरिज, जुत्ता र ब्यागसमेत सक्दो म्याचिङ गरेर लगाउने कुरामा सचेत छिन् ।

दीपा विशेष कार्यक्रममा उपस्थित हुँदा कार्यक्रमअनुसारको पहिरनमा हुन्छिन् । उनी डिजाइनर पहिरनप्रतिको आफ्नो आशक्ति पनि लुकाउँदिनन् । कालो र पहेंलो रंगका पहिरनहरूमा उनका आँखा छिट्टै जान्छन् । उनको सपिङ गन्तव्य दरबारमार्ग हो भने डिजाइनर पहिरनका लागि कुपन्डोलको उत्तम क्रिएसन । बिनामेकअप ननिस्कने दीपा लोरियल, लोटस, रेवलन ब्रान्डका कस्मेटिक प्रयोग गर्छिन् । जसमा, गाजल, लिपिस्टिक र पाउडर प्रमुख हुन्छन् ।

ठूलो आकारको टीका र सुनको चुरा र औंठी उनको शृङ्गारमा कहिल्यै नछुट्ने कुरा हुन । लामो केशप्रति हुरुक्कै हुने दीपाले आफ्नो केशलाई अहिले हल्का स्यागी कट गरि कलर गरेकी छिन् । कलाकार भएपछि धेरै मानिसको नजरमा परिने भएकाले पनि सधैं राम्री भएर हिँड्नुपर्ने बाध्यता रहेको दीपा स्वीकार गर्छिन् । सम्भवत: यसैकारण उनी सनग्लासदेखि घडी, ब्याग र जुत्तासमेत आफ्नो पहिरनसँग म्याचिङ गरेर लगाउँछिन् ।

No comments:

Post a Comment