Second Menu

एक छाक खानाकै बढी महत्व

एक छाक खानाकै बढी महत्व
जीवनको हर क्षण सम्भावना लिएर आएको हुन्छ । मात्र सदुपयोग गर्न सक्नुपर्छ ।
मानिसको सर्वश्रेष्ठ सम्पत्ति भनेको चरित्र हो ।
राजाराम रायमाझी

भोको मानिसका लागि इज्जतको भन्दा एक छाक खानाकै बढी महत्व हुन्छ ।
कैलाश लजालु राई

साँचो प्रेमले जीवनलाई स्वर्ग बनाउँछ । झूटो प्रेमले जीवनलाई नर्क बनाउँछ ।
सुनिल के चौधरी

अताल्लिएको मन खुसी हुन सक्दैन ।
मणि राणा

मान्छेको मन, भावना बदलिन्छ तर समय कहिल्यै बदलिँदैन ।
लाल किराँती

जिन्दगीमा यस्तो पनि स्थिति आउँदो रहेछ जसमा खुसीले भन्दा बाध्यताले जीवनका पाइलाहरू चाल्नुपर्ने हुँदो रहेछ ।
राजेन्द्र नगरकोटी

फेल हुनेहरूलाइ निराश नतुल्याउनुहोस्, किनभने तपाईं फेल हुनेहरूले सरकार चलाएको देशमा हुनुहुन्छ ।
फन्नी ब्वाय प्रदीप

पोखरीमा पानी हुँदा माछाले कमिला खान्छ । त्यही पोखरीमा पानी सुकेपछि कमिलाले माछा खान्छ । त्यसैले पालो सबैको आउँछ, धैर्य गर्न जान्नुपर्छ, किनभने प्रतीक्षाको फल मीठो हुन्छ ।

No comments:

Post a Comment