सृष्टिको आगमन
१९ वर्षीया सृष्टि लामिछाने मोडलिङमा सक्रिय भएको एक वर्ष भयो । १९ वर्षीया सृष्टिले फेसन शोमा क्याटवाक गर्दै ग्ल्यामर क्षेत्रमा पदार्पण गरेकी हुन् । ५ फिट ४ इन्च अग्ली सृष्टि स्नातक पहिलो वर्षकी छात्रा हुन् ।
फोटोग्राफीमा रुचि राख्ने सृष्टि फुर्सदमा नृत्य गर्न मन पराउँछिन् । उनलाई चित्रकलामा पनि रुचि छ ।
उनी पेन्सिलमार्फत राम्रा चित्रहरू तयार पार्न सक्छिन् । ऐतिहासिक स्थलको भ्रमण गर्नसमेत रुचाउने सृष्टिले भविष्यमा सफल मोडल बन्ने लक्ष्य लिएकी छिन् । म्युजिक भिडियो हुँदै चलचित्रसम्मको यात्रा तय गर्ने सृष्टिको योजना छ । अध्ययन र मोडलिङलाई सँग–सँगै अघि बढाइरहेकी सृष्टिले कम्तीमा एउटा सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएर सफल हुने योजनासमेत बनाएकी छिन् ।
No comments:
Post a Comment