आफ्नो उमेर लुकाउँदै नायिका सुष्मा कार्कीले आइतबार बेलुकी आफ्नो जन्मदिन सेलिब्रेशन गरिन् । उनको जन्मदिनमा चलचित्र क्षेत्रका चलचित्रकर्मी खासै देखिएनन् ।
सुष्मालाई जन्मदिनको शुभकामना दिन कमलपोखरीको एक रेष्टुरेन्टमा पूर्व मिस नेपाल रुवी राणा, कोरियोग्राफर रेनशा राई, कलाकार प्रमोद भारद्धाज, कलाकार दिकपाल कार्की पुगेका थिए ।
सुष्माले आफ्नो जन्मदिनमा नायिकाहरुलाई विशेष निम्तो गर्ने गरेकी थिइन् । तर, यसपटक भने उनको जन्मदिनमा उनकै आफन्त र साथीभाइको जमघट धेरै भयो ।
सुष्माले ९ बजेको समयमा मात्र केक काटिन्, जबकी उनले पाहुनाहरुलाई ६ बजे नै निम्तो गरेकी थिइन् । नायिका कार्कीले जन्मदिनमा रातो खुलेको गाउन लगाएकी थिइन्, जसमा बर्थ डे गल हट देखिइन् ।
उनका लागि तयार पारिएको केकमा ‘नक्कली मोरी’ लेखिएको थियो । यस्तै, केकमा उनलाई जन्मदिनको शुभकामना दिइएको थियो भने ३ खण्ड मध्ये सबैभन्दा माथिल्लो खण्डमा सुष्माको तस्बिर राखिएको थियो ।
प्रेम दिवसको दिनमै आफ्नो जन्मदिन पर्ने भएकाले सेलिब्रेशन गर्ने गरेको बताउँदै सुष्माले भ्यालेन्टाइन डेसँग आफूलाई खासै चासो नहुने बताइन् । उनको जन्मदिनमा ‘उध्रेको चोली, उलाला, चलेस बतास सुस्तरी’ जस्ता गीत घन्किए ।



0 comments:
Post a Comment