साप्ताहिकले छनौट गरेको आकर्षक महिला, पुरुषमा केही नयाँ अनुहार देख्न पाउँदा खुसी लाग्यो । (फ्रन्टपेज : आकर्षक महिला, पुरुष) अन्य अंकहरूमा पनि युवाहरूलाई चिनाउने प्रयास थाल्नु उपयुक्त हुन्छ ।
उदय भट्टराई
साप्ताहिकको आवरण कथामा छापिएका सबैलाई बधाईका साथै शुभकामना । (फ्रन्टपेज : आकर्षक महिला, पुरुष)
दिपान्जली कार्की, झापा
अविरल थापाले लेख्नुभएको ‘आई लभ यू’ एकदमै मन पर्यो । (मुक्त आकाश : आई लभ यू) आगामी अंकहरूमा पनि यस्तै रोचक लेख पढ्न पाइयोस् ।
हेमकला राई
निश्चल बस्नेतको जोडी एकदम सुहाएको छ । साप्ताहिकको कुराकानी पढ्दा अझ रमाइलो लाग्यो । तपार्इंहरूको जोडीबाट सधैं सुखद समाचार पढ्न पाइयोस् ।
शोभित खनाल
यो त खुसीको खबर हो । (खेलकुद : लाङटाङमा प्रथम राष्ट्रिय स्की) नेपालमा स्की खेलमा ठूलो सम्भावना छ ।
सुरेन बोहरा
कार्डमा पैसा खर्च गर्नुभन्दा पुस्तक उपहार दिनु उपयुक्त हो कि ? (भ्यालेन्टाइन उपहार : के दिने के नदिने ?) यो बढी प्रभाबकारी पनि हुन्छ जस्तो लाग्छ ।
देवेन्द्र लामा
इन्डोर डेटिङका बारेमा राम्रो टिप्स पढ्न पाइयो । (टिप्स : इन्डोर डेटिङ कसरी गर्ने) यी टिप्सहरू सहयोगी छन् ।
आरोही शर्मा
मेरो त राशिमा उल्लेख गरिएजस्तै ठ्याक्कै मिल्यो । (भ्यालेन्टाइन स्पेसल : भ्यालेन्टाइन वर्ष २०१६ मा प्रेम जीवन) राशिमा विश्वास लाग्न थाल्यो ।
No comments:
Post a Comment