दयाहाङ राई, श्रृजना सुब्बा, अशोक रिजाल, नविन लम्साल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘राहादानी’को आइटम गीत सार्वजनिक गरिएको छ ।
दुर्गा खरेलको आवाज, चेतन सापकोटाको संगीत तथा डब्बु क्षेत्रीको शब्द रहेको ‘गुन्यू चोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा नायिका तथा मोडल रीमा विश्वकर्माले आइटम नृत्य गरेकी छिन् ।
चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई संचारकर्मी डब्बु क्षेत्रीले पहिलो पटक निर्देशन गरेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, राजु शाहको नृत्य निर्देशन, वनिष शाहको सम्पादन छ । लक्ष्मीप्रसाद पोख्रेलको निर्माणमा बनेको यो चलचित्रले विदेश जाने नेपालीले भोग्ने पीडाको कथालाई उठान गरेको छ ।
No comments:
Post a Comment