Second Menu

अब चपली हाइट–२

व्यवसायिक रूपमा सफल चलचित्र ‘चपली हाइट’ को सिक्वेल घोषणा गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा निर्माता अर्जुनकुमारले निर्देशक दीपेन्द्र के खनाललाई लिएर ‘चपली हाइट–२’ को घोषणा गरेका हुन् । यो चलचित्रमा आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल तथा परमिता राज्यलक्ष्मी राणाले मुख्य भूमिका निर्वाह गर्नेछन् । रोमान्टिक थ्रिलर शैलीको यो चलचित्रमा नीरज कँडेल छायांकार तथा शान बस्न्यात पटकथा लेखकका रूपमा संलग्न छन् । चैतदेखि छायांकन हुने यो चलचित्र जेठमा प्रदर्शन हुनेछ ।

No comments:

Post a Comment