Second Menu

महको नाकाबन्दी

महको नाकाबन्दी
हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य ‘धन्यवाद छ छिमेकी’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत श्रोतामाझ आएका छन् । हरिवंश आचार्यको शब्द रहेको यो गीतमा यमन श्रेष्ठको संगीत छ । भिडियोलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

नेपालमा नाकाबन्दी लगाएर छिमेकी भारतले आँखा देखाएको भन्दै यो गीतमा नेपालीले नै मधेसलाई भारतले भन्दा धेरै माया गर्ने उल्लेख गरिएको छ । यसैबीच हङकङ नेपाली महासंघले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह) लाई अभिनन्दन गरेको छ ।

विभिन्न टेलिश्रृंखला, स्टेज कार्यक्रम तथा चलचित्रमार्फत सामाजिक चेतना जगाई राष्ट्रिय योगदान गरेको भन्दै मह जोडीलाई सम्मान गरिएको हो । सो अवसरमा ‘हाम्रो एकता, हाम्रो सफलता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संघको थिम गीत बनाएका गायक सुमित खड्कालाई पनि सम्मान गरिएको थियो ।

No comments:

Post a Comment