Second Menu

स्विटजरल्याण्डमा तेरिया मगरलाई स्वागत गरिने


स्विजरल्याण्ड – भारतको प्रख्यात डान्स कम्पिटिशन शोमा ४० हजार प्रतिष्पर्धीलाई पछाडि पार्दै प्रथम भएकी नेपालकी छोरि तेरिया मगरलाई स्विजरल्याण्डमा भब्य स्वागत गरिने भएको छ ।
नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस) स्विटजरल्याण्डको आयोजनामा शुक्रबार १२ तारिखका दिन  स्विजरल्याण्डको जुरिचमा स्वागत कार्यक्रम गर्न लागेको हो ।
बिस्व मगर महासंघ युरोपको निमन्त्रणामा बेल्जियम आउनु भएकी डीआइडी लिटिल मास्टर सिजन थ्री कि बिजेता तेरियाको साथमा लोक गायिका लाली बुढाथोकी मगर र अमेरिकाबाट आएका चर्चित गायक सुमन बुढामगर लाई पनि स्वागत गरिने आयोजक ले जनाएको छ । स्मरण रहोस् तेरिया मगरले भारतका थुप्रै प्रतिस्पर्धीहरुलाई पछिपार्दै जी टिभीद्वारा आयोजित डान्स इंडिया डान्स लिटल मास्टर थ्रीकी बिजेता बन्न सफल भएकी थिइन् ।
उनले सो रियालिटी शो मा बुद्ध जन्मेको देश नेपालको निकै चर्चा गरेकी थिईन् । तेरिया मगर स्विजरल्याण्ड आउने खबरले स्विजरल्याण्ड बाशी नेपाली उत्साहित भएका छन् ।

No comments:

Post a Comment