Second Menu

१२ औं दक्षिण एसियाली खेलकुद अपडेट : नेपालको पदक संख्या ८ पुग्यो

गुवाहाटी– १२ औं दक्षिण एसियाली खेलकुद ‘साग’ मा नवयुग श्रेष्ठको ह्याट्रिकसँगै नेपाली फुटवल टिमले भुटानलाई ५–० गोलले पराजित गरेको छ । आइतबार भारतको गुवहाटी स्थित साइ स्टेडीयममा भएको खेलमा नेपालका लागी नवयुगले तिन गोल गरेका थिए भने विशाल राई र अन्जन विष्टले एक–एक गोल गरे । खेलको ३४ औं मिनेटमा भुटाविरुद्ध नवयुग श्रेष्ठले पहिलो गोल गरे । ४५ औं मिनेटमा विशाल राईको प्रहारले जाली चुमेसँगै नेपालले २–० को अग्रता कायम गरेको थियो । दोस्रो हाफको छैटौं मिनेटमा अन्जन विष्टले नेपालका लागी तेस्रो गोल गरे । खेलको ७६ औं र ८५ औं मिनेटमा नवयुगले दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । नवयुगले यसअघी बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा पनि ह्याट्रिक गरेका थिए ।
साग फुटवल अन्तर्गतको पहिलो खेलमा शानदार जित निकालेको नेपाली टोली आगामी ११ फेव्रुवरीमा बंगलादेशसँग भिड्नेछ । सागको पहिलो खेलमा भारी गोलअन्तरले भुटानलाई पराजित गरेसँगै नेपाली टिमका कप्तान विराज महर्जनले भुटानसँगको खेल जित्दा सन्तुष्टि मिलेको बताए । उनले भने, ‘हामी आजको खेलमा देखिएको कमी–कमजोरीलाई अर्को खेलमा सुधार्ने छौं ।’
नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले पहिलो दिनको नतिजाबाट आफु सन्तुष्ट रहेको बताए । दोस्रो खेलमा केही रणनीति परिवर्तन गर्ने जानकारी दिँदै शाक्यले भने, ‘१२ औं सागको गोल्ड मेडल हाम्रो लक्ष्य हो ।’
दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा नेपालले हालसम्म २ पटक गोल्ड मेडल जितेको छ । १९८४ मा काठमाडौंमा भएको पहिलो सागमा गोल्ड जितेको नेपाली टिमले ढाकामा सम्पन्न छैटौं सागमा गोल्ड मेडल जितेको थियो । नवौं सागमा भुटासँग ड्र भएर बाहिरिएको नेपाली टिम सागको इतिहाँसमा भुटानमाथि हावी हुँदै आएको थियो ।
महिला फुटवलमा लगातार दोस्रो जित
भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले आइतबार लगातार दोश्रो जित हात पारेको छ । राउन्ड लिगको आफ्नो दोश्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० गोलले पराजित गर्दै अपराजित यात्रालाई कायम राख्यो । पहिलो र दोश्रो हाफमा समान १–१ गोल सम्भव भयो ।

नेपालका लागि अनु लामाले ३५ औं मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाइन् । दोश्रो गोल ८८ औं मिनेटमा निरु थापाले गरिन् ।
पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० गोलले हराउदै विजयी सुरुआत गरेको थियो । अब नेपालले फेब्रुअरी ११ तारिखमा उपाधिको प्रबल दाबेदार मानिएको भारत विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

उसुमा नेपालाई दुई रजत
पदकको आशा गरिएको उसुमा नेपाली खेलाडीले दुई रजत जितेका छन् । आईतबार भारतको सिलोङमा भएको खेलमा उसु खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले पदक जितेका हुन् । थाउलो अन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जितेका हुन् ।
सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो ।
भारत्तोलनमा नेपालाई तेस्रो पदक
१२ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाएको भारत्तोलनबाट नेपालले तेस्रो दिन थप एक पदक ल्याएको छ । भारतको गुहावटी स्थित भोगेश्वरी फुकानानी इन्डोर स्टेडीयममा आईतबार भएको खेलमा नेपालकी जुनुमाया सन्त्यालले ६३ केजी तौलसमूहको प्रतिस्पर्धामा काश्य पदक जितेकी हुन् । यस अघि भारत्तोलनतर्फबाट विकास थापाले रजत र देवीमाया चौधरीले काश्य पदक जितेका थिए ।
जुनुमायाले आइतबार दिउँसो भएको खेलमा स्न्याचतर्फ ५५ केजी भार बहन गरिन् भने क्लिन एन्ड जर्कतर्फ ७० केजी उचाल्दै कुल १ सय २५ केजी भार बहन गरेकी थिइन् । सो स्पर्धामा बंगलादेशकी माविया अक्तरले स्न्याचतर्फ ६७ र क्लिन एन्ड जर्कतर्फ २ केजी उचाल्दै कुल १ सय ४९ केजी भार बहन गर्दै स्वर्ण पदक जितेकी थिइन् । त्यसैगरि श्रीलंकाकी भिनादानी धर्मसेना लंका गेगान्गेले स्नाचतर्फ ६३ र क्लिन एन्ड जर्कतर्फ ७५ गरि कुल १ सय ३ भार बहन गर्दै रजत पदक जितेकी थिइन् ।
पौडीमा गौरिका सिंहले दिलाइन काँस्य पदक
गुवाहाटी– १२ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पौडी खेलाडी गौरिका सिंहले नेपाललाई काँस्य पदक दिलाएकी छन । गुवाहाटीस्थित डा. जाकीर हुनेस इक्वेटिक कम्प्लेक्समा भएको प्रतिस्पर्धामा गौरिकाले २०० मिटर ब्याकस्ट्रोक फ्रिस्टाइलतर्फ गौरिकाले काश्य पदक जितेकी हुन् । गौरिकाले २०० मिटर २ः२६ः९३ सेकेन्डमा दुरी पार गर्दै काश्य पकद हात पारेकी थिईन् । सो स्पर्धामा श्रीलंकाकी किमिको राहेमले स्वर्ण जितिन् । भारतकी मना पटेल दोस्रो भईन् ।
कुस्तीमा काँस्य
आईतबार भएको खेलमा कुस्ति खेलाडी रामवावु यादवले काँस्य पदक दिलाएका छन् । उनले ६१ केजी तौल समुहमा उक्त पदक जितेका हुन् । गुहावटी स्थित डिटीपीआर इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धामा रामवावुले काँस्य पदक हात पारे ।

१२ औं सागको तेस्रो खेल सकिँदासम्म नेपालले कुल ८ पदक जितेको छ । ८ पदक मध्ये पाँच काँस्य र तीन रजत रहेका छन् ।

No comments:

Post a Comment