कास्की – मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।
यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गर्ने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।
प्रहरी प्रमुख पालले यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमा नै दिने बताए पनि प्रहरी स्रोतका अनुसार अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको छ । पक्राउ पर्नेमा सतिश खड्गी रहेका छन् । सेक्स प्रस्ताव नमानेको झोँकमा खड्गीले हत्या गरेको प्रहरीको भनाई छ ।
‘खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ प्रहरी स्रोत भन्छ ।
।
मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७–८ बजे फर्कने उनी माघ १८ गते साँझ नफिर्किएपछि आफन्तले खोजी गरेका थिए ।
माघ १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा नेहाको शव फेला परेको थियो ।
No comments:
Post a Comment