जीवनमा प्रेम भन्ने तत्व नभएको भए मानिसलाई चेतनशील प्राणी भनेर कसैले भन्दैनथे, उनीहरू पशुसरह हुन्थे । प्रेम आशा हो, प्रेम आवाजविहीनहरूको बोली हो, प्रेम नेत्रविहीनहरूको आँखा हो । प्रेम यस्तो ज्योति हो, जसले सबैलाई उज्यालो दिन्छ ।
अनिता आचार्य, नायिका
सजीवताको अस्तित्व हुँदैनथ्यो । जीवन चाहना, त्याग र धर्मको मिश्रण हो, प्रेममा यी सबै तत्व हुन्छन् ।
सोमनाथ खनाल, नाट्यकर्मी
जीवनमा माया नभएको भए बाँच्न साह्रै कठिन हुन्थ्यो । मायाले नै बाँच्नुको अर्थ राखेको छ ।
मेनुका प्रधान, नायिका
जीवनमा प्रेम भन्ने तत्व नभएको भए जीवन नै चल्ने थिएन र यो संसार नै रहने थिएन ।
अभय चन्द, अभिनेता
प्रेम भन्ने तत्व नभएको भए, तीन कुरा हुन्थ्यो । पहिलो, प्रेमध कथाका चलचित्र बन्दैन थिए । दोस्रो, यो सृष्टि नै चल्दैनथ्यो । तेस्रो, संसारमा हिंसा मात्र हुन्थ्यो ।
दिनेश राउत, निर्देशक
प्रेम भन्ने तत्व भएन भने जीवन आत्माबिनाको शरीर, इन्धनबिनाको गाडीजस्तै निर्जीव, नीरस र उपयोगिताहीन हुन्छ ।
रोशन भट्टराई, गीतकार
सायद हाँसो र आँसुको अर्थ हुँदैनथ्यो । न त कसैको सुखमा सरिक भइन्थ्यो, न कसैको दु:खमा आँखा रसाउँथ्यो ।
मुकेश आचार्य, नायक
मैले गाउने जति सबै गीत घृणा र तिरस्कारका हुन्थे होलान् ।
प्रहलाद् तिमिल्सिना, गायक
प्रेम भन्ने तत्व नभैदिएको भए जीवन नै कहाँ रहन्थ्यो र ?
दीपेन्द्र के. खनाल, निर्देशक
प्रेमबिना त जीवन नै सम्भव छैन नि ।
कालीप्रसाद बाँस्कोटा, संगीतकार
प्रेम भन्ने तत्व नभैदिएको भए प्रेम दिवस नै हुने थिएन, गर्लफ्रेन्ड हुने थिएनन्, ब्वाइफ्रेन्ड हुने थिएनन्, अनि डेटिङ पनि हुँदैनथ्यो । जीवन भुइँचालोले लडाएको घर जस्तो जीर्ण
हुने थियो ।
अर्जुन पोखरेल, संगीतकार
जीवनमा प्रेम भन्ने तत्व नभैदिएको भए, हामीभित्र आकर्षण–विकर्षण हुँदैनथ्यो । एकले अर्कालाई सहयोग गर्ने भावना आउँदैनथ्यो । सबै आ–आफ्नै तालमा हुने थियौं । जीवनको मूल्य नै हुँदैन थियो । एकले अर्कोलाई रिस राग पोख्ने मात्र काम हुने थियो होला । संसारमा मानव जातिको विकास पनि हुँदैनथ्यो । हामी सपना देख्न सक्ने हँुदैन थियौं । नाकाबन्दीको असरमा पनि पर्ने थिएनौं । पैसाको अवाश्यकतामा लाग्ने थिएनौं । भोजभतेरमा लाग्ने थिएनौं । नाता गाता चाहिँदैन थियो । यो संसारमा उज्यालो भन्ने नै हुँदैनथ्यो ।
मणिराज गौतम, रेडियोकर्मी
जीवनमा प्रेम नभैदिएको भए, जीवन नै हुने थिएन । प्रेमबिनाको जीवन हावाबिनाको संसार जस्तो हुन्थ्यो ।
दुर्गा खरेल, गायिका
प्रेम भन्ने तत्व नभैदिएको भए, हाम्रो अस्तित्व नै हुँदैनथ्यो ।
छुल्ठिम गुरुङ, नायिका
प्रेम भन्ने तत्व हुँदा त संसारमा घृणाका विविध तत्व हावी छन् । प्रेम नै नहुँदो हो त के हुन्थ्यो ? कति कष्टकर हुन्थ्यो होला जीवन ? सोच्नै सकिँदैन ।
शिशिर भण्डारी, अभिनेता
प्रेम भन्ने तत्व नभएको भए मानिसले नै मानिसलाई अहिलेसम्म सिध्याइसकेको हुन्थ्यो ।
ब्रजेश खनाल, लेखक
मेरो जन्म नै हुँदैनथ्यो ।
आमेश भण्डारी, नायक
हामी नै हुँदैनथ्यौं नि, मायाप्रेम नभएको भए ।
विल्सनविक्रम राई, हास्यकलाकार
यो पृथ्वीमा मानवजातिको नाश भैसकेको हुन्थ्यो ।
युवी थापा, फेसन डिजाइनर
प्रेम नभएको भए न प्रेमी हुन्थे, न त प्रेमिका ।
निश्मा घिमिरे, नायिका
प्रेम भन्ने तत्व नभएको भए तपाईंले यो प्रश्न नै सोध्नु हुँदैनथ्यो ।
अर्जुन तिवारी, छायाँकार
प्रेम भन्ने तत्वले त जीवन चलेको छ, नत्र यो जीवन के जीवन ?
सम्पदा बानियाँ, नायिका
प्रेम भन्ने तत्व नभएको भए, गीत र संगीतको पनि अस्तित्व हुँदैनथ्यो । गीत संगीत नभएपछि म्युजिक भिडियोहरू बन्दैनथे । म्युजिक भिडियो नबनेको भए, लौन मैले के काम गर्ने ?
निराजन प्रधान, मोडल
खल्लो, रित्तो, खोक्रो र विध्वंस ।



0 comments:
Post a Comment