देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह

काठमाडौं–हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पीडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लिन छन् ।
कहिले नमुना बस्ती बनाउँछन्, कहिले न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडिएका मुसहर बस्ती पस्छन् । अनि कहिले सडक बढार्दै देश दौडाहामा लाग्छन् । भूकम्पपछि धुर्मुस सुन्तलीमा देश प्रेमको भाव निकै बढेको देखिन्छ । यसै क्रममा धुर्मुसले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम सजगमा समावेश भएको मेरो देश इन्द्रेणी बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन् । टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन् । गीतले नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ ।
गीतमा आफ्नो वास्तवीक भावना पनि जोडिएकाले म्युजिक भिडियोमा आफैँले अभिनय गरेको कट्टेलको भनाई छ । गीतमा स्वरुपराज आचार्यको स्वर छ भने बसन्त सापकोटाको संगीत छ । गीतलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects