पूजाको जोबन चाख्न माग्दै पशुपति शर्मा

लोक गायक पशुपति शर्मा एक चलचित्रमा देखिएका छन् । माघ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत’को एक लोक दोहोरी गीतमा उनी चलचित्रकी नायिका पूजा शर्मासँग दोहोरी खेल्दैछन् ।

गीतमा पशुपति शर्मा र टिका पुनको आवाज, अर्जुन पोख्रेलको संगीत छ । प्रदिप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सन्तोष सेनले निर्माण गरेको यो चलचित्रको शिर्ष गीत चर्चामा छ ।

यो लोकगीतले पनि चर्चा पाउने विश्वास गरिएको छ । तर, निर्माणपक्षले यो गीतको भिडियो सार्वजनिक गर्न केही ढिलाई गरेको देखिन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects