नेपाललाई चिनाउने ‘नमस्ते नेपाल’, यूरोपकी नायिकासँग सविनको

प्रकाशितचलचित्र ‘नमस्ते नेपाल’को ट्रेलर र २ गीत सार्वजनिक गरिएको छ । प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानीमा तयार भएको यो चलचित्रलाई राजु शाहले निर्देशन गरेका हुन् । चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, बसन्त सापकोटा, ओम सुनार, रियाज सिवाकोटीको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र गोपाल ढकालको पटकथा तथा संवाद छ ।चलचित्रको प्रदर्शन यूरोपबाट सुरु गरिने र नेपालमा साउनमा मात्र प्रदर्शन गरिने निर्माता प्रदिप उदयले जानकारी दिए । सम्पूर्ण दृश्य नै यूरोपमा छायांकन गरिएको यो चलचित्रमा सविन श्रेष्ठ, अन्ना कलान्डेज, अनुजा प्रधान, श्याम श्रेष्ठ,म्यूजिका श्रेष्ठ, नरेन्द्र थापा, पार्वती अधिकारी, सनम कुमार वैराग, कमला दाहाल, गोपाल ढकालका साथमा यूरोपका विभिन्न देशमा रहेका कलाकारको अभिनय छ ।चलचित्रको ट्रेलरलाई सस्पेन्स शैलीमा तयार पारिएको छ । कार्यक्रममा नायक सविन श्रेष्ठका साथमा चलचित्रको यूनिट उपस्थित थियो ।चलचित्रमा सगरमाथा, गौतम बुद्धको बारेमा पनि जानकारी दिइएको छ ।निर्माता उदयका अनुसार चलचित्रले नेपाललाई पनि चिनाउनेछ । यस्तै, कार्यक्रममा बोल्दै निर्देशक राजु शाहले चलचित्रलाई पूर्णतया मनोरञ्जन शैलीमा निर्माण गरिएको बताए । नायक सविन श्रेष्ठले चलचित्रमा यूरोपका विभिन्न देशका नायिकासँग रोमान्स गरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects