गायक अजय कुमार अधिकारीको आवाजमा समावेश ‘मेरो आँखामा तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसलाई लक्षित गरेर तयार पारिएको गीतले प्रेमकै कुरा गर्छ । भिडियोमा सन्तोष अधिकारी र मिरा कक्षपतिले मोडलिङ गरेका छन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने निशान घिमिरे यसका सम्पादक हुन् ।
गायककै शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई श्रीधर पौडेलले निर्देशन गरेका हुन् । फोटो पत्रकार समेत रहेका पौडेलले यस अघि निर्देशन गरेका केही भिडियोले चर्चा पाइसकेका छन् ।
गीतको बोल जस्तै भिडियोलाई पनि रंगिन बनाइएको छ । एक अर्कालाई मन पराउने दुई जोडीलाई निर्देशकले भिडियोमा कलात्मक तरिकाले प्रस्तुत गरेका छन् ।



0 comments:
Post a Comment