कोही छ’ भन्दै यती हट बनिन् नम्रता(फोटो फिचरसहित)

म्यूजिक भिडियोमा राम्रै चर्चा बटुलेपनि चलचित्रको पर्दामा भने मोडल तथा नायिका नम्रता सापकोटाको खासै चर्चा छैन । नम्रता पछि आएका थुप्रै नायिकाले चलचित्र क्षेत्रमा एउटा स्थान बनाइसक्दा पनि उनी यसबाट पछाडि छिन् । धेरै मोडल तथा नायिका चर्चामा आउनका लागि चलचित्रमा आइटम नृत्य गर्छन् । अब, यो सूचीमा उनै मोडल सापकोटा पनि परेकी छिन् ।

दिनेश श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘शकुन्तला’मा नम्रताले आइटम नृत्य गरेकी छिन् । अर्जुन पोख्रेलको संगीत, डाक्टर कृष्णहरी बरालको शब्द तथा दुर्गा खरेलको आवाजमा समावेश ‘कोही छ, कोही छ’ बोलको गीतमा यी सुन्दरीको हट अवतार देखिएको छ ।

माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा नम्रताले हट पहिरन लगाएकी छिन् । चलचित्रमा नायक राजेश हमाल र नायिका अनु शाह मुख्य भूमिकामा छन् । यही चलचित्रमा नायक राजेश हमाललाई तेश्रो लिङ्गीको अवतारमा देखाइएको छ । चलचित्रको प्रदर्शन मिति तय भएको छैन । भिडियोमा चलेकी नम्रता अब चलचित्रकी नायिका बनेर चर्चित नबनेपनि के आइटममा हिट होलिन्, प्रतिक्षा गरौ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects