अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रयोगशाला

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन वा केन्द्र (International Space Station–ISS) को बाहिरी अन्तरिक्षमा अनुसन्धान सुविधायुक्त प्रयोगशाला स्थापित गरिंदैछ । यो परियोजनाको आरम्भ १९९८ मा भएको थियो र यो २०२१ सम्ममा स्थापित भैसक्नेछ ।

उक्त प्रयोगशाला अन्तरिक्षमा स्थापित अहिलेसम्मकै सबैभन्दा ठूलो मानवनिर्मित केन्द्र हुनेछ । आईएसएस कार्यक्रममा विश्वका धेरै स्पेस एजेन्सीहरूको लगानी छ । यो प्रयोगशाला बनाउन संयुक्त राज्य अमेरिकाको नासासहित रूसको रसियन फेडरल स्पेस एजेन्सी (आरकेए), जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए), क्यानाडाको क्यानेडियन स्पेस एजेन्सी (सीएसए) र युरोपेली देशहरूको संयुक्त युरोपियन स्पेस एजेन्सी (ईएसए) ले संयुक्त रुपमा काम गरिरहेका छन् । उक्त काममा ब्राजीलियन स्पेस एजेन्सी (एईबी) र इटालियन स्पेस एजेंसी (एएसआई) को पनि संलग्नता छ ।

पृथ्वीको तल्लो कक्षमा स्थापित भएपछि उक्त प्रयोगशालालाई नाङ्गो आँखाले हेर्न सकिनेछ । यो प्रयोगशालाले पृथ्वीबाट करीब ३ सय ५० किलोमिटर माथि औसत २७ हजार ७ सय २४ किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीको परिक्रमा गर्नेछ र प्रतिदिन १५ दशमलव ७ चक्कर पूरा गर्नेछ । सन् २००० को नोभेम्बरमा स्थापित गरिएको पुरानो प्रयोगशालामा ३ जना व्यक्तिले अनुसन्धान गर्न सक्थे भने नयाँ प्रयोगशालामा ६ जना व्यक्तिले अनुसन्धान गर्न सक्ने बताइएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects