आयशा शाक्य, तेक्वान्दो खेलाडी
तेक्वान्दो खेलाडी आयशा शाक्य विवाहपश्चात् मात्र फेसन तथा श्रृंगारका विषयमा सचेत हुन थालेकी हुन । आयशाले साडी लगाउन चाडपर्व नै आउनुपर्छ, अरू बेला उनी ट्रयाकसुटमै भेटिन्छिन् । पहेंला रंगका पहिरन विशेष रुचाउने आयशा फेसनेबल हुनुभन्दा सुहाउँदो आउटलुक्समा ध्यान दिनुपर्ने कुरामा विश्वास गर्छिन् ।
आयशा भन्छिन्, ‘मेकअप तथा पहिरनमा विवाहपश्चात् मात्र ध्यान दिन थालेकी हुँ ।’ उनी प्राय: म्याक र लेक्मीका सौन्दर्य प्रसाधन प्रयोग गर्छिन्, जसमा गाजल, सन ब्लक क्रिम र लिपिस्टिक हुन्छन् । खेलाडी भएका कारण उनी प्राय: छोटो केशमै देखिन्छिन् ।
आयशा गहनाप्रति खासै आशक्ति राख्दिनन् । उनले धेरैजसो गहना विवाहपछि नै लगाउन थालेकी हुन् । शाक्य गणेशको प्रतिमा जडित सुनको औंठी र चाँदीको सिक्री लगाउँछिन् । गहनाप्रति रुचि नभए पनि घडीको हकमा भने उनी क्रेजी नै छिन् । प्राय: टाइमेक्सको घडी प्रयोग गर्ने आयशासँग विभिन्न ७ वटा ब्रान्डेड घडी छन् । पहिरनअनुरूप ब्याग बोक्ने आयशा धेरैजसो एडिडासकै जुत्ता लगाउँछिन् ।
फेसन र व्यक्तित्वका बारेमा आयशा भन्छिन्, ‘लुक फेसनेबल, लुक ट्ेरन्डी बट नट ओभरडोज ।’ बलियो व्यक्तित्वका लागि सकारात्मक व्यवहार, परिश्रमी तथा मानवीयता हुनुपर्छ भन्ने आयशाको मान्यता छ ।
No comments:
Post a Comment