वर्ष ०७२ मा तीनवटी वर्षा बिनामौसम बर्सिए । चलचित्र ‘पशुपतिप्रसाद’बाट वर्षा शिवाकोटी, ‘काफल पाक्यो’बाट वर्षा राउत तथा ‘नाइँ नभन्नु ल–४’बाट अर्की वर्षा राउत ।
यी तीन वर्षामा वर्षा शिवाकोटीले ‘पशुपतिप्रसाद’बाट खासै चर्चा कमाउन सकिनन्, किनभने चर्चाजति सबै अभिनेता खगेन्द्र लामिछानेले लगे । शिवाकोटीले त्यसपछि गणेशदेव पाण्डेको शीर्षक नै विवादास्पद बनाइएको चलचित्र ‘गाजाँ बाजा’मा अर्को अवसर पाएकी छिन् । ‘काफल पाक्यो’बाट उदाएकी वर्षा राउतलाई मात्र होइन, दर्शकले उक्त चलचित्रलाई नै हिटको दर्जा दिएनन् । अर्की वर्षा राउतलाई ‘नाइँ नभन्नु ल–४’ले केही राहत दिएको छ ।
चर्चित कलाकार र नवप्रवेशीहरूको भीड रहेको ‘नाइँ नभन्नु ल–४’की नायिका भएर पनि वर्षा राउतले आफ्नो पदार्पणलाई सुरक्षित मात्र बनाउन सकिनन् । अहिले उनी दीपाश्री निरौलाको निर्देशनमा चर्चित कलाकारहरूको भीड रहेको अर्को चलचित्र ‘छक्का पञ्जा’मा काम गर्दै छिन् । तीन जनाकै नाम वर्षा भएकाले कुनै दिन एउटी वर्षाले राम्रो वा नराम्रो काम गरिन् भने दर्शक त पूरै कन्फ्युज हुने भए । एउटा जिज्ञासा, चलचित्रमा आउनु अघि यिनीहरूले किन आफ्नो नाम फेरेनन् ?
No comments:
Post a Comment