टर्कीको अन्तालियामा सम्पन्न लिटिल मिस वल्र्ड–२०१५ प्रतियागितामा नेपालका तर्फबाट सहभागिता जनाएका सबै नेपाली बालिकाहरूलाई सफलता प्राप्त भयो । उक्त प्रतियोगितामा लिटिल मिस वल्र्ड नेपाल–२०१५ का विजेता स्मृति न्यौपानेसहित सेकेन्ड रनर्सअप स्नेहा बज्राचार्य, थर्ड रनर्सअप निर्जला कार्की, फोर्थ रनर्सअप प्रसुना सापकोटा र ट्यालेन्ट एवार्ड विजेता कृपा लामा तथा विसिका अथारे पुनको सहभागिता थियो । ती सबैले एक–एकवटा उपाधि जिते । स्मृति न्यौपानेले टिन प्रिन्सेस अफ द वल्र्ड, स्नेहा बज्राचार्यले लिटिल लेडी अफ द वल्र्ड, निर्जला कार्कीले टिन प्रिन्सेस अफ द वल्र्ड, प्रसुना सापकोटाले लिटिल ट्यालेन्ट अफ द वल्र्ड, कृपा लामाले लिटिल स्टार अफ द वल्र्ड तथा विसिका अथारे पुनले लिटिल प्रिन्सेस अफ द वल्र्ड एवार्ड प्राप्त गरे ।
यसैगरी टर्कीको बोड्रममा सञ्चालित लिटिल मिस एन्ड मिस्टर वल्र्ड–२०१५ मा मेघिका काप्रीले मस्ट ट्यालेन्टेड र फोटो मोडल अफ द वल्र्ड गरी दुई एवार्ड प्राप्त गरिन् । टर्कीकै अन्तालियामा सम्पन्न लिटिल मिस एन्ड युरेसिया–२०१५ मा समृद्धि थापा फस्ट रनर्सअप तथा लिटिल मोडल–२०१५ को अवार्ड जितिन् भने ९ वर्षीया संयुक्ति थापाले प्रिन्सेस अफ युरेसिया–२०१५ को उपाधि जितिन् ।
उता १४ वर्षीया गरिमा ज्ञवाली अमेरिकाको मिनेसोटामा सम्पन्न ग्लोबल युनाइटेड प्याजेन्ट–२०१५ मा टिन डिभिजनतर्फ ट्यालेन्ट एवार्ड र आफ्नो उमेर समूहमा रनर्सअपको उपाधि जित्न सफल भइन् । यसै वर्ष ९ देखि १८ वर्ष उमेर समूहका बालिका तथा किशोरीहरूमा लक्षित अन्तर्राष्ट्रिय स्पर्धा फेस्टिभल मोडल एन्ड ट्यालेन्ट वल्र्ड–२०१५ मा पनि नेपालको प्रतिनिधित्व गर्दै टर्की पुगेकी गरिमा ज्ञवालीले कन्टिनेन्टल एवार्ड प्राप्त गरिन् भने सोही प्रतियोगितामा उनी चौथो उमेर समूहमा क्याटवाक विधाकी विजेता छानिइन् ।



0 comments:
Post a Comment