![]() |
| https://youtu.be/Lt-U_t2pUHI |
काठमाडौं – नेपालमा समेत सुटिङ भएको हलिउडको बहुप्रतिक्षित चलचित्र ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा स्वयम्भुदेखि पशुपतिनाथसम्मका दृश्यहरु समावेश भएका छन् ।
यो मार्भर कमिक्सको पात्रमा आधारित रहेर मार्भल स्टुडियोजले निर्माण गरेको सुपरहिरो चलचित्र हो । गत डिसेम्बर महिनामा चलचित्रको टोली नेपाल आएर सुटिङ गरेको थियो । उनीहरुलाई पशुपतिनाथ, स्वयम्भु, पाटनलगायतका क्षेत्रमा सुटिङ गर्दै गरेको देखिएको थियो ।
नेपालपछि चलचित्रको सुटिङ बेलायतदेखि अमेरिकाको न्युयोर्कसम्म गरिएको थियो ।
स्कट डेरिक्सनले निर्देशन गरेको यो चलचित्रमा बेनेक्डिट कम्बरब्याच, चिवेटेल एजिओफर, राचेल म्याकएडम्सलगायतको मुख्य भूमिका रहेको छ ।
चलचित्र नोभेम्बर ४ मा रिलिज गर्ने तयारी गरिएको छ ।


No comments:
Post a Comment