Second Menu

भद्रगोल पुग्यो दोहा

दोहा – नव प्रतिभा सांस्कृतिक समूह कतार ले आयोजना गरेको नव प्रतिभा सांस्कृतिक धमाका २०१६ सम्पन्न भएको छ । नज्मा स्थित सालिमार प्यालेस होटलमा सम्पन्न कार्यक्रम सत्य नारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आथिति अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष भविन्द्र तामांग रहेका थिए । बसन्त फिल्मस प्रालीका प्रबन्ध निर्देशक इश्वर काफ्ले,बरिस्ठ समाजसेवि तथा ब्याबसायी लोकमाया के सि , सियाराम चौधरी,गजेन्द्र छेत्री,NRNA कतारका दितीय उपाध्यक्ष प्रविन गुरुङ, समाजसेवी उत्तम गुरुङ विशेष आथिति रहनुका साथै आथितिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा समाजसेवी रहेका थिए ।

नेपालबाट आएका ख्यातिप्राप्त नेपालका ख्यातिप्राप्त कलाकारहरु अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) र चर्चित गायिका सुमितामी परियार लगायत कतारमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा नेपालबाट आएका हास्यकलाकारहरुद्वारा सम्पूर्णलाई उपस्थित दर्सकलाई खुब हसाएका थिए भने नेपालको वर्तमान राजनीतिक र अन्य सम-सामयिक अवस्था प्रति कटाक्ष प्रहार गरेका थिए । गायिका परियारले भने प्रदेशी दाजुभाईमा समर्पित गीतबाट आफ्नो प्रस्तुति सुरु गरेकी उनले लोक दोहोरि एवं पन्चेबाजाका गीतबाट दर्सक लाई नचाएकी थिईन भने गैर आवासीय नेपालि तारा २०१६ मा गायन/ निर्त्य तर्फ प्रथम हुन सफल गायक कृष्ण बिसी,अन्जना तामांगको विशेष प्रस्तुति रहेको थियो ।

बसन्त फिल्मसको तर्फ बाट गायिका अरुणा के.सीले प्रस्तुति दिनुका साथै गायक नवराज श्रेष्ठ रमेश मगर, नरेन्द्र खड्काले लाईभ म्युजिकमा दर्सकलाई मनोरंजन दिए भने वाध्यबादनमा गीटारिस्ट सन्तोष गुरुङ र ड्रमर निरज वाइबाले साथ दिएका थिए । दामोदर न्यौपाने,बिसाल लामा लगायत थुप्रै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो भने निर्त्य तर्फ अन्जना तामांग,निर्मला लाकन्द्री,जिना मगर,राज लोप्चन,जँग गुरुङ,अर्जुन मगर,दिल मगर,निर्मल रिजाल,सरोज बि क तथा अतिथी सानी नानी जेश्मा श्रेष्ठ दिएका थिए ।

कार्यक्रमको अन्त्यमा नेपालबाट आएका कलाकार लगायत गैर आवासीय नेपाली तारा २०१५ मा गायन तथा निर्त्य विधामा प्रथम,दोस्रो र तेस्रो हुने कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।

No comments:

Post a Comment