नाट्य घरमा संसारकै ठूलो हलो

सामान्यत: किसानको घरमा रहने हलो सामान्य हुन्छ, एक जनाले उचाल्ने खालको तर मोरङको झोराहाटस्थित काठको हलो उचाल्न ९ जना मानिस चाहिन्छ । स्थानीयवासीले संसारकै सबैभन्दा ठूलो उक्त काठको हलो बनाएर झोराहाटस्थित नाट्य घरमा सजाएका छन् । जंगली सिमलको सिंगो रूखबाट तयार पारिएको उक्त हलो १५ फिट लामो छ । यसको जुवा पनि १० फिटभन्दा लामो छ । यसलाई झोराहाट नाट्य घर प्रवेशद्वारमा स्थापित गरिएको छ । कालो रंगको हलोको अनौ पनि निकै लामो छ । नौलो प्रकारको यो हलो हेर्न आउनेहरू बढ्दै गएका छन् ।

झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्य घर निर्माण भएको छ । २२ लाख रुपैयाँको लागतमा निर्माण भएको यो नाट्यघरमा एकैपटक १ सय २० जनाले बसेर हेर्न मिल्ने झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागार्इंले जानकारी दिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects