दुई राजेश अमेरिका जाने

नायक राजेश हमाल र गायक राजेश पायल राई सांस्कृतिक टुरका क्रममा संयुक्त राज्य अमेरिका जाने भएका छन् । सिनेक्षेत्रका हमाल तथा गायन क्षेत्रका राईले अमेरिकाका विभिन्न राज्यमा एकसाथ प्रस्तुति दिनेछन् ।

गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका नागरिकका परिवारलाई राहत र ध्वस्त भएका भौतिक संरचनाको पुनर्संरचनाका लागि यो टुर तय भएको कार्यक्रम संयोजक रोशन हमालले बताए । विद्यालय पुनर्निर्माण अभियानमा सक्रिय गैरसरकारी संस्था घासी नेपालले आयोजना गर्ने यो टुरमा नायिका केकी अधिकारी तथा हास्यकलाकार सन्दीप क्षेत्री पनि सहभागी हुनेछन् । यो टुरवैशाख १ गते होस्टनबाट सुरु हुनेछ ।

अमेरिकाका विभिन्न १ दर्जन स्थानमा हुने कार्यक्रममा राजेश पायलका गीतमा नायक हमालले कम्मर मर्काउनेछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects