यतिबेला जापानमा साकुरा हानामी पर्व चलिरहेको छ । सेताम्य फुलेको साकुरा फूलसँगै रमाउँदै हानामी (पिकनिक) मनाउन जापानीहरू मात्र होइन, नेपालीहरू पनि व्यस्त छन् ।
साकुराको फेदमुनि बसेर खानपिन, नाचगान एवं रमाइलो गरिने यो पर्व जापानभरि विशेष महत्वका साथ मनाइन्छ । अहिले नेपालबाट टोकियो आइपुगेका नेपाली कलाकारहरू पनि साकुरा हानामीमा सहभागी भएर रमाइरहेका छन् । यतिबेला निर्देशक, कलाकार दिनेश डिसी, अभिनेत्री गौरी मल्ल, सुलेमान शंकर इकु, गायक राजु ढकाल, गायिका सावित्री जोशी, मोडल रश्मि तामाङ आदि कलाकार टोकियोमा छन् । चलचित्र फूलैफूलको मौसम तिमीलाई प्रदर्शन गर्न जापान पुगेका डिसी टोकियोमा नेपाली युवायुवतीहरूसँग साकुरा हानामीमा सहभागी भए भने अभिनेत्री गौरी मल्लले पनि आफ्ना नेपाली साथीभाइ तथा परिवारहरूसँग रमाइलो गर्दैै हानामी मनाइन् ।



0 comments:
Post a Comment