चर्चित पपसिंगर म्याडोनाले ३२ वर्ष कान्छा मोडलसँग डेट गरिरहेको खबरले अहिले व्यापक चर्चा पाएको छ । हाल उनी अबुबाकर सौमाहोरोका साथ देखिन्छिन् ।
उनीहरू अक्सर एकसाथ देखिएपछि धेरैले उनीहरूबीचको सम्बन्धलाई लिएर विभिन्न अनुमान गरेका थिए । दुवैका क्रियाकलापबाट उनीहरू अफेयरमा रहेको प्रस्ट भएको बताइन्छ । हाल म्याडोना आफ्ना छोरा रोक्कोलाई गिरफ्तार गरिएको विषयमा कानुनी लडाइँ लडिरहेकी छिन् ।
म्याडोनाका निम्ति कठिन समय मानिएको अहिलेको क्षणमा अबुवाकर उनको साथमा देखिन्छन् । यी दुईबीचको पहिलो भेट गत वर्षको नोभेम्बरमा एक कमन फ्रेन्डमार्फत भएको थियो ।



0 comments:
Post a Comment