संगीतकार अर्जुन पोखरेलको एकल संगीत तथा गायिका दुर्गा खरेलको एकल स्वरको गीति एल्बम ‘यूग’ काठमाडौंमा लोकार्पण गरिएको छ । सञ्चारकर्मी भरत शाक्य, राजेश खनाल, सामिप्यराज तिमिल्सिना, संगीतकार राम सिटौला, संगीतकार पोखरेल तथा गायिका खरेलले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् । विमोचित एल्बममा संगीतकार खरेल तथा अमृत रेग्मीको शब्द सुन्न सकिन्छ ।
विमोचित एल्बमका पाँच गीतहरुमा फणीन्द्र राई, महाराज थापा, किरण कँडेल तथा अर्जुन पोखरेलको संगीत संयोजन छ । एल्बममा ‘त्यो काले काले केटाले’, ‘के सुनाउ भन साथी’, ‘बरु यो ज्यानको बाजी’, ‘तिमीले त अर्कै मन परायौ’ तथा ‘बाँकी जीवन जीउँछु’ शीर्षकका गीत समावेश छन् ।
समारोहमा एल्बमको ‘त्यो काले काले केटाले...’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । संगीतकार पोखरेलकै शब्दको यो गीतको भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा नायिकाहरु नम्रता सापकोटा, रीमा विश्वकर्मा तथा एनी कुँवरको साथमा मोडल सुशान्त सिंह ठकुरीले आकर्षक नृत्य तथा अभिनय गरेका छन् ।
यो भिडियोमा माइकल चन्दको कोरियोग्राफी छ भने अर्जुन तिवारी यो भिडियोका छायांकार हुन् । भिडियोका सम्पादक निशान घिमिरे हुन् । रमाइलो कुरा छ भने, यही गीतको कभर भर्सन यसअघि नै यूट्युबमार्फत लोकप्रिय भैसकेको छ । यूट्युवमा करिव डेढ लाख पटक उक्त भिडियो हेरिसकिएको छ ।
No comments:
Post a Comment