वर्ष २०७२ ले के दियो, के लियो ?

वर्ष २०७२ ले मलाई त तनाव नै तनाव दियो । भूकम्पले गर्दा घरबाट भागेको भाग्यै गर्नुपर्‍यो । राम्रोसँग सुत्न–खान पनि पाइएन ।
तिलक

वर्ष २०७२ ले सुरुमा भूकम्प दियो, हजारौंको ज्यान लियो । त्यसको केही महिना नबित्दै छिमेकी राष्ट्र भारतले चार महिना लामो नाकाबन्दी दियो । अनि नाकाबन्दी सहज नहुँदै २०७२ ले बिदा लिँदैछ । योभन्दा अरू के दिनु छ र ? आशा गरौं, २०७२ जस्तो २०७३ नबनोस् ।
नेपाल अच्युत

वर्ष २०७२ ले भूकम्प दियो । हाम्रा पुराना संरचना ध्वस्त पारिदियो । भूकम्प पीडितको नाममा नेताहरूलाई कमाउने अवसर दियो । त्यसपछि फेरि नाकाबन्दी दियो । नेपाली जनतालाई दु:ख र पीडा मात्र दियो ।
पौडेल केटो

मलाई त खाडी मुलुकको भिसा दियो ।
राजेश रानामगर

किन हतार नि ? अझै दिन बाँकी छन् । यो विषयमा वैशाखमा कुरा गरौंला ।
डीबी दिपेन्द्र बराल

वर्ष २०७२ ले ९ हजारको ज्यान लिने भूकम्प दियो ।
कुमार तामाङ

वर्ष २०७२ ले मलाई सरकारी जागिर अनि नाकाबन्दीले ग्याँस नपाएर तनाव दियो ।
उद्धव अयडी

देशलाई १० वर्ष पछाडि धकेल्यो । नाकाबन्दी दियो । भुइँचालो आयो । देशले संविधान, पहिलो महिला राष्ट्रपति तथा पहिलो महिला सभामुख पायो ।
राजकुमार न्यौपाने

वर्ष २०७२ ले भूकम्प र संविधानसँगै बन्द, हड्ताल र कालोबजारी दियो अनि जनताको ज्यान, सुख, समृद्धि र खुसी लियो ।
प्रकाश घिमिरे

भूकम्पले पीडा दियो । धेरै नेपालीको ज्यान लियो, नेताहरूलाई चाहिँ फाइदैफाइदा अनि जनतालाई नाकाबन्दी दियो ।
प्रतिमा

भूकम्पले बल्लतल्ल बाँचेका जनतालाई नाकाबन्दीको पासो दियो ।
रत्न नेपाल

खासै केही पनि दिएन भन्दा पनि अलिअलि खुसी दियो । अलिअलि आशा पनि देखायो । आफूसँग भएका धेरै कुरा गुमाउनुपर्‍यो । आशा गरेका मानिसहरूले निराशा मात्र दिए ।
अनिल गिरी

यो वर्षले सुरुवातमा प्रेमिका दियो अनि केही महिना नबित्दै फेरि फिर्ता पनि लियो ।
मोहन खत्री

वर्ष २०७२ ले भूकम्प र संविधानसँगै बन्द, हड्ताल र कालोबजारी दियो । जनताको ज्यान, सुख, समृद्धि र खुसी लियो ।
प्रकाश घिमिरे

भूकम्पले पीडा दियो । धेरै नेपालीको ज्यान लियो, नेपाली जनतालाई नाकाबन्दी दियो ।
रत्न नेपाल

कहिल्यै नमेटिने दाग दिएर गयो । हाम्रो प्यारो दाजुलाई हामी माझबाट लिएर गयो ।
झापाली ठिटो

चौपट बनायो । आशा गर्छु नयाँ साल २०७३ ले यही नयाँ उमंग लिएर आउनेछ ।
धु्रवराज बराल

भुइँचालो, नाकाबन्दी अनि फुटबलमा ऐतिहासिक सफलता ।
ज्ञानीबाबु शिव

विशेष भन्नुपर्दा भुइँचालोको अनुभव दियो । नेपालीहरूको खुसी खोस्यो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects