मिस्टर कपिलवस्तुको उपाधि बर्मालाई

हसिलो अनुहारमा बडी साइज र मसल्स फुलाएपछि निर्णायकहरूको ध्यान २४ वर्षीय सुरेन्द्र बर्मातर्फ तानियो । तत्काल उनी भए प्रथम मिस्टर कपिलवस्तु । यसरी बर्माले सदरमुकाम तौलिहवामा सम्पन्न प्रथम जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिता जितेर मिस्टर कपिलवस्तुको उपाधि हात पारे । 

विभिन्न तौल समूहमा प्रथम हुनेहरूबीच सञ्चालित प्रतिस्पर्धामा सुनको कामगर्ने कालीगढ बर्मा विजयी भएका हुन् । यस अघि ५५ किलो तौल समूहमा सुशील भुसाल, उमेश हरिजन र धनश्याम कश्यप प्रथम, द्वितीय र तृतीय भएका थिए । ६० केजी तौल समुहमा सुरेन्द्र बर्मा, शिवकुमार कहार र मातृप्रसाद गौड क्रमश: प्रथम, द्वितीय तथा तृतीय भए ।

त्यसैगरी ६५ केजी तौल समूहमा अनमोल सिंह, धनबहादुर थापा र शिवशंकर बर्मा क्रमश: प्रथम, द्वितीय तथा तृतीय भए । त्यस्तै ६५ केजी माथीको तौल समूहमा राजेशकुमार बारी, विश्वबन्धु घिमिरे एवं चिजमन परियार क्रमश: प्रथम, द्वितीय र तृतीय भए । 

स्वास्थ्यका लागि खेलकुद नाराका साथ एमएनएस जिम क्लबको आयोजनामा सञ्चालित यो प्रतियोगितामा १६ जना सहभागी थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects