आशिका बरुवाल
काठमाडौं–स्टार वन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको प्रतियोगितामा सुमित शर्मा र आशिका बरुवाल मोडल आइकन नेपाल २०१६ घोषित भएका छन् । बुधबार राती जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मोडल आइक नेपाल २०१६ मा सुमित मिष्टर क्याटवक र मिष्टर ह्याण्डसमका साथमा विजेता भएका हुन् भने आशिका भिवर्स च्वाईस र वेष्ट स्माइलका साथ विजेता चुनिएकी हुन् ।
प्रतियोगितामा समिर श्रेष्ठ फष्ट रनर्सअपका साथ वेष्ट स्किन तथा अम्बिका जोशी राना फष्ट रनर्सअपका साथ मिस ट्यालेण्ट, निकेश दर्लामी सेकेण्ड रनर्सअपका साथ सोसियली रेष्पोन्सिबल तथा सेलेना रोक्का सेकेण्ड रनर्सअपका साथ वेष्ट आर्टवर्क र वेष्ट पर्सानिलीटी, अशिष श्रेष्ठ थर्ड रनर्सअपका साथै मष्ट क्रियाटीभ र वेष्ट स्पिच तथा लुना पौडेल थर्ड रनर्सअपका साथ फेशन आइकन, सागर लामा फोर्थ रनर्सअपका साथ वेष्ट पर्सनालिटी तथा कविता लामा फोर्थ रनर्सअपका साथ वेष्ट स्किन भए ।
युवा र युवतीबीचको संयुक्त प्रतियोगितामा नवराज देउवा मष्ट पपुलरका साथमा वेष्ट सिंगर भए भने सदिक्षा रायमाझी मष्ट पपुलरका साथमा वेष्ट हेयर र वेष्ट सिंगर उप उपाधिको विजेता बनिन् ।
सुमित शर्मा
मोडल आईकन नेपाल अन्र्तगत युवातर्पmको प्रतिस्पर्धामा धनकुमार लामा वेष्ट हेयर, रविन परियार मिष्टर फोटो जेनिक र वेष्ट डान्स अवार्ड, अनुप श्रेष्ठ वेष्ट स्माइल, रामबहादुर घर्ति मगर वेष्ट फिजीक, अमन खड्का वेष्ट डिसीप्लेन र युथ विथ रेस्पोन्सिबिलीटी, विक्रान्त पौडेल मष्ट फ्रेण्डली, अर्जुन श्रेष्ठ मष्ट चार्मिङ, नविन महर्जन वेष्ट फिटनेस, भुपाल बस्नेत मिष्टर ट्यालेण्ट र भिवर्स च्वाईस अवार्ड, राज पर्तेल फेशन आइकन, श्याम थापा मष्ट एक्टिभ, अनिश सुनार मष्ट डिजर्भिङ र वेष्ट आर्टवर्क, अमोल खड्का मष्ट इन्टिलेक्चुअल र आकाश जोशी वेष्ट एक्टिङ अवार्डको विजेता भए ।
दिवस धितालको कोरियोग्राफी, राजिव समर र किशोर खड्काको डान्स कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको युवतीतर्पmको स्पर्धामा सजना कार्की व्युटी विथ पर्पस, निशा चौधरी सोसियल्ली रेस्पोन्सिबल, सुजिना सुब्बा मिस क्याटवक, समिक्षा कडेल मष्ट फोटोजेनिक, नगेमा तामाङ वेष्ट डिसीप्लेन, सदीक्षा केसी वेष्ट फिजीक, इनीषा प्रधान वेष्ट फिटनेस, रुजा श्रेष्ठ मष्ट फ्रेण्डली, अष्मिता लामा मष्ट चार्मिङ, गीता विष्ट मिस कन्जिनियालीटी र वेष्ट एक्टिङ अवार्ड, सिर्जना राई मष्ट एक्टिभ, आकृति राना मष्ट इन्टिलेक्चुअल, साँग्माले लामा मष्ट पर्पेmक्ट, बन्दिला केसी मष्ट क्रियटीभ र विनीता साउद युथ विथ रेस्पोन्सबिलीटी उप उपाधिको विजेता भएका छन् ।
प्रतियोगितामा नायिका नन्दिता केसी, अभिनेता गजित विष्ट र विष्णु रिजाल, चलचित्र निर्माता तथा वितरक प्रदिपकुमार उदय, सञ्चारकर्मी तथा फिल्म लेखक सरोज प्याकुरेल र सञ्चार व्यवसायी सुमित जबरा निर्णायक रहेका थिए ।



0 comments:
Post a Comment