काठमाडौं– लुनकरणदास गंगादेवी साहित्य कला मन्दिरले गायिका शान्ति ठटालसहित विभिन्न क्षेत्रमा योगदान पुर्यािएका ७ व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ । नेपाली गीत संगीतमा अतुलनीय योगदान पुर्यापएबापत मन्दिरले उनीहरुलाई सम्मान गरेको हो ।
मन्दिरले दार्जलिङकी ठटाललाई नारायणगोपाल संगीत सम्मान अर्पण गरेको छ भने अंगुरबाबा जोशीलाई गंगादेवी चौधरी स्मृति सम्मान दिइएको छ ।
यस्तै वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई सरस्वती सम्मान, जगमान गुरुङलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान र दुर्गा बराल ‘वात्स्यायन’ लाई अरनिको ललितकला सम्मान प्रदान गरियो ।
यसैगरी बरिष्ठ रंगकर्मी प्रचण्ड मल्ललाई बालकृष्ण सम रंगसम्मान र बबिता पौडेल भट्टराईलाई नेपाल नवप्रतिभा सम्मान दिइएको छ ।
मन्दिरका अध्यक्ष वसन्त चौधरी र राष्ट्रकवि माधव घिमिरेले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका थिए ।
पुरस्कार स्मृति सम्मानमा एक लाख रुपैयाँ र अन्य सम्मानमा जनही ५१ हजार रुपैयाँ र ताम्रपत्र रहेको थियो ।
No comments:
Post a Comment