भूकम्पगएको एक वर्ष पुगेकै दिनशिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको कामउनीहरुले आजबाट सुरु गरेका हुन् ।
वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममानयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथकाम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्यकलाकार सिताराम कट्टेलले बताएका छन् ।
यस अघि काभ्रेमानिर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएकाथिए । सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकिकृत बस्ती बन्ने उनको भनाई छ । पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।
लडेको बस्ती उडाउने अभियानको नेतृत्वमात्र गरेका भन्दै उनले सहयोगी हातहरुको दह्रो साथ मिलेमा समयमै गिरान्चौर एकिकृत बस्ती निर्माण सम्पन्न हुने विस्वास व्यक्त गरे ।
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागिसिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनिउत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् ।
आफुहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चाबोकेर गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटीसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई मायागर्ने दाताहरु समक्षउनीहरुले सहयोगको अपिल गरेका छन् ।
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्मकरिब २२ लाख रुपैँयाको हाराहारीमासहयोग संकलनभएको फाउण्डेशनकीकोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । तर, ६५ भूकम्प पिडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थलनिर्माण सम्पन्नगर्न ४ करोड भन्दा बढी लाग्ने देखिएको उनको भनाई छ ।
गिरान्चौर एकिकृत बस्ती मात्रहुने छैन, यो बस्तीलाई बालमैत्री,अपाङ्गमैत्री,खुलादिशामुक्त, सफा र सुन्दर गाउँबनाइने उनीहरुले बताएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्पप्रतिरोधीचार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिकभवनपनिनिर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।




No comments:
Post a Comment