काठमाडौ – ट्रकमा नेपाली पर्यटकीय दृश्य राखेर क्यानडादेखि अमेरिकासम्म प्रचार गर्दै हिँड्ने नर बहाुदर टण्डनलाई सरकारले पर्यटनका लागि मानार्थ जनसम्पर्क प्रतिनिधी नियुक्त गरेको छ ।
नेपाल पर्यटन बोर्डको मे १९ को निर्णय अनुसार उनलाई अमेरीका र क्यानडामा नेपालको पर्यटन पर्वद्र्धनमा सहयोग पु¥याएको भन्दै दुईवर्षका लागि मानार्थ जनसम्पर्क सम्बन्ध प्रतिनिधी नियुक्त गरेको हो ।
नेपालको दाङ्ग घर भई अहिले क्यानडा देखि अमेरीका सम्म आफ्नै ५३ फिट लामो १८ पांग्रे भिमकाय ट्रकमा फेवाताल र माछापुच्छ्रे, एकसिंगे गैंडा, पाटेबाघ, प्याराग्लाइडिंग, पदयात्रा, ¥याफ्टिङ र रक क्लाइम्बिङ, जीवित देबी कुमारी, बैद्ध स्तुप, पाटन दरबार र पशुपतिनाथ लगायतका तस्विर राखेर प्रचार गरीरहेका छन् ।
अमेरिका र क्यानडामा गुड्ने २ हजार ९ सय यस्ता भिमकाय ट्रकमध्ये उनको ट्रक सेलिब्रेटी जस्तै छ । सन् २०१२ को जनवरीदेखि अमेरीकाका ४६ र क्यानडाका १० राज्यमा उनले नेपालको पर्यटकिय क्षेत्र र बस्तुको प्रचार गरेको बताए ।
बोर्डले टण्डनबाट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास राखेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए । ‘क्यानडामा नेपालको पर्यटन प्रवद्र्धन गरी नेपाल उत्कृष्ट १० पर्यटकिय गन्तव्य हो भन्ने विश्वास दिलाएर बोर्डको मर्मअनुसारको काम गर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौँ’ जोशीले भनेका छन् ‘हाम्रो सहकार्यले नेपालको पर्यटन प्रवद्र्धनमा उत्कृष्ट नतिजा ल्याउँनेछ भन्ने आशा र अपेक्षा छ ।’
जनसम्पर्क प्रतिनिधि भएपछि टण्डनले अव नेपाल पर्यटन बोर्डको लोगो आफ्नो लेटरप्याड र भिजिटिङ्गकार्डमा प्रयोग गरी काम गर्न पाउनेछन् । त्यसका साथै त्यहाँको नेपाली दुतावास, सञ्चारमाध्यम, कुटनीतिक नियोक, पर्यटन व्यवसायी लगायतसंग नेपाल भ्रमणप्रति चाँसो राख्ने पर्यटकको जमघट हुने अन्य संघ संस्थासंग निकट सम्बन्ध राखि काम गर्नुपर्ने हुन्छ । ‘त्यसबाट प्राप्त उपलब्धिको बारेमा नियमित रुपमा नेपाल पर्यटन बोर्डमा रीपोर्टिङ्ग गर्नुपर्ने हुन्छ ।’ बोर्डले दिएको जिम्मेवारीमा उल्लेख छ ।
देशको मायाले गर्दा विदेशमा बसेर पनि आफूले रोजीरोटीका लागि गर्ने कामसंग नछुट्नेगरी देशको पर्यटन प्रचारको काम गरेका उनले यो जिम्मेवारीबाट आफू उत्साहित भएको बताए । अहिलेसम्म व्यक्तिगत रुपमा पर्यटन प्रवद्र्धनको काम गरेको भन्दै उनले अव आधिकारीक रुपमा काम गर्ने र नेपालको पर्यटन प्रवद्र्धनमा बोर्डको अपेक्षा अनुसार प्रतिफल दिने पनि बताए । ‘ मैले मेरो आफ्नो रोजीरोटीको काम संगै म जन्मेको देशको राष्ट्रियताका लागि व्यक्तिगत रुपमा काम गरेको थिए’ टण्डले रातोपाटीसंग भने ‘अव पर्यटन बोर्डले पनि आधिकारीक जिम्मेवारी दिएको छ, झन उत्कृष्ट काम गर्ने छु ।’
दाङ्गबाट सन २००५ मा अध्ययनका लागि क्यानडा छिरेका टण्डन उतै रोजगारीमा लागे । अहिले क्यानडाको अण्टारीयो प्रान्तको ब्रामटन शहरका स्थायी वासिन्दा समेत भईसकेका टण्डन आफ्नै ट्रक चलाउँछन् । क्यानडा बासी भएपनि देशको मायाले प्रचार अभियानमा लागेका हुन् । ‘बसाई जहाँभएपनि जन्मठाउँको मायाले पिरोल्ने रहेछ’ उनि भन्छन् ‘त्यसैले आफ्नै ट्रकमा नेपालका चित्र राखेर क्यानडा र अमेरिकामा प्रचार अभियानमा लागेको हुँ ।’
आफ्नै सिर्जनशिलता र लगानीमा नेपालको प्रचारप्रसाद गरेबापत टण्डनलाई क्यानडा र अमेरीकामा रहेको नेपाली दुतावासले सद्भावना दुतका रुपमा काम गर्न सिफारीस गरेको थियो ।
No comments:
Post a Comment