लेहेंगामा युवतीकै आकर्षण बढी

विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अकल्प बुटिक युवापुस्ताबीच लोकप्रिय छ । अकल्प विशेष गरी लेहेंगाका लागि लोकप्रिय गन्तव्य हो । नेपाली फेसन बजारमा अत्यन्तै लोकप्रिय मानिएको र युवतीहरूबीच चर्चामा रहेको वेस्टर्न लेहेंगाका बारेमा डिजाइनर एलिना श्रेष्ठसँग गरिएको कुराकानी :

वेस्टर्न लेहेंगा कस्तो पहिरन हो ?
वेस्टर्न लुक्समा यो ब्लाउज र लेहेंगा गरी दुई पिसको पहिरन हो । हाईवेस्ट लेहेंगामा क्रेपयुक्त टिसर्ट पनि लगाउन सकिन्छ ।

वेस्टर्न लेहेंगा तयार गर्दा के–कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?
कलर कम्बिनेसन र मटेरियलमा ध्यान दिनुपर्छ ।

कुन–कुन फेब्रिकमा वेस्टर्न लेहेंगा तयार गर्न सकिन्छ ?
यो लेहेंगा तयार गर्दा रअ सिल्क, स्याटर्न सिल्क, एप्पल सिल्क, ब्रोकेट तथा नेट प्रयोग गरिन्छ ।

यो लेहेंगाप्रति कुन उमेर समूहको आकर्षण छ ?
किशोरीहरूको आकर्षण नै बढी छ ।

कस्तो अवसरमा वेस्टर्न लेहेंगा लगाइन्छ ?
कलेजका कार्यक्रम, पार्टी वेयर, ककटेल वा विवाह पार्टी तथा विशेष समारोहहरूमा लगाउने चलन छ ।

नेपालमा वेस्टर्न लेहेंगाको फेसन कहिले भित्रियो ?
४ वर्षअघि नेपालमा वेस्टर्न लेहेंगा भित्रिएको हो । आकर्षक पहिरनका रूपमा धेरैको मन तान्न सकेका कारण यो नेपालमा लामो समयसम्म टिक्ने सम्भावना छ ।

किशोरीहरूले नै यो फेसन रुचाउनुको कारण के हो ?
जति पनि वेस्टर्न पहिरन छन् ती सबै किशोर–किशोरीहरूले लोकप्रिय बनाएका हुन् । यो लेहेंगा आरामदायक तथा स्टाइलिस भएकाले किशोरीहरूले रुचाएका हुन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects