सुनको टोपी र चाँदीको धरहरा पहिलो अन्र्तराष्ट्रिय गरगहना मेलामा आकर्षणको केन्द्र थियो । होटलमा चलिरहेका मेलामा दर्शकहरु तान्न ज्वलरी व्यावसायीहरुले यस्ता आकर्षक वहुमूल्य सरसामान मात्रै राखेका थिएनन् स्टलै पिच्छे मोडलहरु सुन चाँदी हिरा मोतीले सझिएर मुस्कुराइरहेका थिए ।
बिदाको दिन भएर होला दर्शकहरुको अत्याधिक भिड थियो ।
नेपाल सुनचाँदी रत्न आभुषण महासंघका संस्थापक अध्यक्ष रमेश मर्हजन यस मेलाले नौगेडी, चन्द्रहार, रानीहार, तिलहरी, नेक्लेस, चुरा, औँठी, फुलीजस्ता नेपाली कला कौशलबाट निर्मित परम्परागत गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन धेरै सहयोग पुगेका दावी गर्छन् । भन्छन्, ‘हामीलाई आधुनिक गरगहनाका डिजाइनहरुलाई परम्परागत पारामा ढालेर नेपाली कला कौशलको प्रयोग गर्दै अघि बढ्न यस्ता खाले प्रर्दशनीले सहयोग पु¥याउछ ।’
नेपालमा पाइने वहुमूल्य पत्थरहरु नेपालमै संशोधन गर्न नसक्दा करोडौ पैसा विदेश गइरहेको छ । परम्परागत प्रविधिमा हस्तकलाको माधयमबाट मात्रै उत्पादन गरिने हुँदा नेपालीहरुको माग अनुसार २५ प्रतिशत मात्रै गरगहना आपूर्ति भइरहेको छ । ७५ प्रतिशत बजार विदेशी गरगहनाले ओगटेको व्यावसायीहरु बताउँछन् ।
अत्याधुनिक प्रविधिबाट एकैपल्ट धेरै गरगहना उत्पादन गर्न सकिने विभिन्न प्रविधिहरु पनि प्रर्दशनीमा राखिएका छन् । नेपाली व्यावसायीहरुको ६० वटा स्टल सहभागी छन् भने विभिन्न देशका ६ वटा विदेशी स्टल पनि सहभागी छन् ।
नेपाल जेम एण्ड ज्वलरी काउण्सिलले आयोजना गरेको यो एक्पो आइतबारसम्म चल्नेछ ।








No comments:
Post a Comment